सल्यान। सल्यानको जिमालीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्युु भएको छ । आज बिहान कुमाख गाउँपालिका वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको रा १ ज ५९८ नम्बरको जीप दुर्घटनामा परि २ जनाको मृत्युु भएको हो ।
मृत्युु हुनेमा सोही वडाको डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । उनिहरु एउटै घरका अंकल भतिजी रहेको खुलेको छ ।
दुर्घटनामा परि दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ ।
घटनास्थलमा प्रहरी चौकी चोरपानी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली पुगेको छ ।
गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा आउन लागेको बुझिएको छ । जीप उकालोमा ब्याक गर्ने क्रममा पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको बताइएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.