कार्तिक २७ , तुलसीपुर । विप्लव नेतृत्वको नेकपाले आसन्न मंसिर ४ को संसदीय चुनाव खारेजीको घोषणा गरेको छ । नेकपाले आगामी संसदीय निर्वाचन खारेजीका लागि देशव्यापी रुपमा शान्तिपुर्ण बिरोधका कार्यक्रमहरु दिनहुजसो गरिरहेको छ ।
दाङमा पनि नेकपाले संसदीय चुनावलाई खारेजीका लागि शान्तिपुर्ण ढंगले वालिङ , पोस्टरिङ , पर्चा वितरण , घरदैलो ,कोणसभा , पिढी सभा , चोक सभा , मसाल जुलुस लगाएतका कार्यक्रमहरु गरिरहेको छ ।
आज आइतबार साझ नेकपाले तुलसीपुरमा भव्य मसाल जुलुस प्रदर्शन सहित कोणसभा सम्पन्न गरेको हो । नेकपाका सयौंको संख्यामा उपस्थित नेता – कार्यकर्ताहरुले तुलसीपुरका विभिन्न चोकहरु परिक्रमा गर्दै जेसिज चोक हुँदै विपि चोकमा पुगेर मसाल जुलुस प्रदर्शनलाई कोणसभामा परिणत गरेका थिए ।
कोणसभालाइ सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय सीले आसन्न मंसिर ४ को चुनावमा संसदवादी दलहरुका प्रतिनिधिलाई जनताले गाउँगाउँबाट लखेट्ने उद्घोष गरेका थिए । नेता संजयले जनतामा यो निर्वाचनप्रती कुनै चासो नरहेको बरु भोट माग्न गाउँ पुगेका राष्ट्रघाती एमसिसी सम्झौताका मतियारहरुप्रती आक्रोश रहेको बताएका हुन । उनले भने– ‘जनता यो चुनावमा भोट हाल्न आतुर छैनन् बरु जनताले एमसिसीका मतियारहरुलाइ चिनेका छन र विभिन्न ढंगले गाउँबाट जवाफ दिदै पठाएका छन ।’
एक फरक प्रसंगमा बोल्दै नेता संजयले संसदीय व्यवस्था पुर्णरुपले असफल भएको दाबी गरे । उनले भने– ‘यो व्यवस्था असफल भइसक्यो । यसको असफलताको प्रमाण भनेको संसदवादी दलहरुले निर्वाचन गरेको गठवन्धन हो । एक्लाएक्लै भोट माग्न गाउँ जान नसक्ने भएपछि गठबन्धन गरेर जनतालाई झुक्याइरहेका छन । अब जनता झुक्याउन पाइदैन , हामी दिदैनौ । लोकतन्त्रको नाममा तिम्रो लुटतन्त्र अब जनताले बुझेका छन । जनता अब सडक आइसके । संसदवादी दलहरु अब एक्लाएक्लै गाउँ जान नसोचे हुन्छ जनताले लखेट्छन ।’
नेता संजयले यो चुनावले जनतालाई केवल मंहगी , भ्रष्टाचार , कमिसनखोरलाई लाइसेन्स , व्यथिती , सामाजिक विभेद , अन्याय , अत्याचार , शोषण , दमन , लुटपाट मात्रै दिने भएकाले चुनावलाई खारेज गर्नुपर्ने धारणा राखेका थिए । वास्तविक शान्ती , समृद्धि ,समानता स्वाधीनता प्राप्तिका लागि एकीकृत जनक्रान्तीको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाका लागि जुट्नुपर्ने बेला आएको नेता संजयले उद्घोष गरेका थिए ।
कोणसभाको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य रेखा सीले गरेकी थिइन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.