नेपालमा षड्यन्त्रपुर्वक ढंगले संसदीय व्यवस्था लादियो : नेता ज्ञवाली

डेली न्युजराप्ती       २८ कार्तिक २०७९ २१:११ मा प्रकाशित     206 No Comments

कार्तिक २८ ,बुटवल । ऋषिराम कट्टेल नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हरिदत्त ज्ञवालीले नेपालमा षड्यन्त्रपुर्वक ढंगले संसदीय व्यवस्था लादिएको जिकिर गरेका छन ।
आज सोमबार बुटवलमा मंसिर ४ को कथित निर्वाचन विरुद्ध आयोजित सभालाइ सम्बोधन गर्दै नेता ज्ञवालीले उक्त जिकिर गरेका हुन ।

दशकौंदेखि नेपाली जनताले संसदीय व्यवस्थाका विरुद्ध बिद्रोह गर्दै आएको बताउदै नेता ज्ञवालीले भने– ‘२०६२/६३ को जनआन्दोलनपछि षड्यन्त्रपुर्वक ढंगले नेपालमा संसदीय व्यवस्था लादिएको छ ।’

सभालाइ सम्बोधन गर्दै नेता ज्ञवालीले भने – ‘मंसिर ४ गते नवसामन्तलाइ सत्तामा पुर्याउन निर्वाचन हुँदैछ । हामी मंसिर ४ को निर्वाचन असफल पार्न अपिल गर्दछौं किनकी यो निर्वाचनको कुनै औचित्य छैन , राष्ट्र र जनताको हितमा छैन ।’

एक अर्को प्रसंगमा बोल्दै नेता ज्ञवालीले कम्युनिस्ट आन्दोलनलाइ सत्तामा बसेका कम्युनिस्टहरुले बद्नामी गरेको ठोकुवा गरे । उनले भने  – ‘नेपाली जनताको मुक्तिका लागि सच्चा कम्युनिस्टहरु एक हुन जरुरी छ । पुजीवादी सत्तामा रजाइँ गरिरहेका कम्युनिस्टहरु नक्कली कम्युनिस्ट हुन भनेर जनताले बुझिसकेका छन ।’

विप्लव नेतृत्वको नेकपा सहित आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम कट्टेल नेतृत्वको नेकपाको संयुक्त आयोजना आज बुटवलमा भव्य मंसिर ४ को कथित चुनाव विरुद्ध भव्य भण्डाफोर सभाको आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार