दाङमा अखिल (क्रान्तिकारी)द्वारा समाजवादी शिक्षा प्राप्तीका लागि संगठन सुदृढ अभियान तिब्र

डेली न्युजराप्ती       २२ मंसिर २०७९ १२:१० मा प्रकाशित     425 No Comments

मंसिर २२ , दाङ । दाङमा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले संगठन सुदृढ तथा विस्तार अभियान सुरु गरेको छ ।
संगठनले अखिल (क्रान्तिकारी) दाङको २५ औं जिल्ला सम्मेलन केन्द्रित “वैज्ञानिक समाजवादी शिक्षा प्राप्ति का लागी संगठन सुदृढ तथा बिस्तार अभियान” अन्तर्गत जिल्लाको देउखुरी अन्तर्गतका विभिन्न कलेज तथा क्याम्पसहरुमा भेटघाट एवम कमिटी विस्तार अभियानलाई निरन्तरता दिएको हो ।

संगठनले देउखुरी बहुमुखी क्याम्पस लमहीको व्यवस्थापन संकाय तर्फ प्रथम वर्ष मा अध्यनरत विद्यार्थीहरु संग भेटघाट तथा छलफल गरेको छ भने शिक्षा संकाय तर्फ प्रथम वर्ष , आदर्श नमुना मावि देउपुर लमहीमा व्यवस्थापन र बिज्ञान संकाय तर्फ कक्षा ११/१२ त्यसैगरी जनता मावि गढवाको शिक्षा र व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा अध्यनरत विद्यार्थीहरु संग भेटघाट तथा महत्त्वपूर्ण छलफल गरेको जनाएको छ ।

यस्तै संगठनले राप्ती प्राबिधिक शिक्षालय गोवरडिहामा अध्यनरत विभिन्न संकायका विद्यार्थीहरु साथै आदर्श नमुना मावि लालमटियामा अध्यनरत कक्षा ११,१२ मा अध्यनरत विद्यार्थीहरु संग भेटघाट तथा महत्त्वपूर्ण छलफल गरेको जनाएको छ ।

विभिन्न विद्यार्थीहरुका भावना, शिक्षा प्राप्तिको चाहना आफैले प्राप्त गरिएको शिक्षाप्रति को बिश्वास , समग्र बिसयमा छलफल गर्दा धेरैजसो जिम्मेवार विद्यार्थीहरुमा निरासा मात्र पाएको र कैयौं शैक्षिक समस्याहरु भेटिएको संगठनका जिल्ला संयोजक खुमन पौडेलले डेलिन्युजराप्तीलाई बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार