दाङ, २५ मंसिर । तुलसीपुरमा प्रथम लुम्बिनी प्रदेशस्तरिय कृषि तथा पर्यटन महोत्सव आजदेखि शुरु हुन लागेको छ । आधुनिक पुस्तकालय स्थापनार्थ संचालन हुन लागेको महोत्सवको दिउँसो १२ बजे उद्घाटन हुने भएको हो ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका जलस्रोत तथा उर्जा राज्यमन्त्री अर्जुन श्रेष्ठले गर्नुहुने भएको छ । महोत्सव उद्घाटन अघि साढे १० बजेतिर तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिरबाट शान्ति र्याली शुरु हुने आयोजकले जनाएको छ । र्यालीले बजार परिक्रमा गरी महोत्सवस्थल तुलसीपुर-६ हात्तिखौवामा आउने भएको छ ।
आजदेखि शुरु हुने महोत्सव पौष ६ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सवमा कृषि उत्पादनदेखि पर्यटन क्षेत्रको प्रबर्द्धन हुने भएको छ ।
महोत्सव संचालनका लागि स्टल व्यवस्थापन, स्टेज तयारी, प्रचारप्रसार लगायतका काम पुरा भएको महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिनुभयो ।
महोत्सवमा करिब २ करोड कारोबार गर्ने लक्ष्य रहेको छ भने २५ लाख बचत गरेर पुस्तकालय स्थापना गरिने महोत्सव आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष लहरेले जानकारी दिनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.