एभिन्युज टेलिभिजनमा आज कमरेड विप्लवको ताजा अन्तरवार्ता:
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच आज मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
नेकपाको केन्द्रीय स्रोतका अनुसार महासचिव विप्लव र नारायणकाजी श्रेष्ठबीच मुलुकको वर्तमान जटिल राजनीतिक अवस्थालाई निकास दिने, नेकपा र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने र नेकपाले अघि सारेको प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल भएको छ ।
एभिन्युज टेलिभिजनमा आज कमरेड विप्लवको ताजा अन्तरवार्ता:
काठमाडौँ : आज साँझ ८ देखि ९ बजेसम्म एभिन्युज टेलिभिजनबाट नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवको विशेष अन्तरवार्ता प्रसारण हुँदैछ ।
नेपालमा विद्यमान राजनीतिक सङ्क्रमण र त्यसको निकासका लागि प्रस्तावित प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा जानकारी राख्नका लागि पार्टी महासचिव कमरेड विप्लवको आजको विशेष अन्तरवार्ता अत्यन्त सान्दर्भिक रहेको जानकारी गराइन्छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.