युवा संगठन नेपालको पहलमा कुवेतमा यातना भोगिरहेकी धन कुमारी घर्तीको उद्दार

डेली न्युजराप्ती       १ पुष २०७९ ०९:१० मा प्रकाशित     484 No Comments

पौष १ , दाङ । नेकपाको सहायक संगठन युवा संगठन नेपालको पहलमा कुवेतमा अलपत्र पारिएकि एक महिलाको उद्दार गरिएको छ ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्ला लेकबेसी गाउँपालिका-२ लेक खर्क घर भएकि धन कुमारी घर्ती मगरलाई उद्दार गरिएको हो ।

धन कुमारी घर्ती मगर बिगत दुई महिना देखि कुबेतमा घरेलु कामदारको रुपमा पुर्‍याइकी थिइन । दलालहरुले विभिन्न प्रलोभनमा पारी कुबेत सम्म पुर्‍याइएकी धन कुमारीलाई शाररिक तथा मानसिक रुपमा चरम यातन दिदै आइरहेको थियो । उनले काम गर्ने घर मालिकले शाररिक तथा मानसिक यातना दिने गरेको र नेपालबाट पनि उनिलाई त्यहाँ सम्म पुर्‍याउने दलालले फोन मार्फत मानसिक रुपमा विभिन्न दबाबहरु दिने गरेको धन कुमारिले बताईन ।

दलाललाई अब म काम गर्न सक्दैन मलाई नेपाल फर्काउनु भनी धेरै पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको र अझ उल्टै डर धम्की दिने गरेको घर्तीले बताइन् ।

धन कुमारी घर्ती मगर दलाल मार्फत कुबेत पुगेको र दुख पाइरहेको तथा हाल दलालहरुले कुनै वास्ता नगरेको अझ डर त्रास देखाएको भनी धन कुमारीका आफन्त र स्वयम् धन कुमारिले युवा संगठन नेपालमा जानकारी गराएकि थिइन र उक्त बिषयमा संगठनले गहिरो अध्यान अनुसन्धान गरि विशेष पहल गर्दा धन कुमारिलाई सकुसल नेपाल ल्याउन सफल भएको संगठनका अध्यक्ष पाटन सीले डेलिन्युजराप्तीलाई जानकारी दिइनुभएको छ ।

यस्ता प्रकारका घटनाहरु थुप्रै छन र त्यसको पहल संगठनले गरिरहेको जनाइएको छ ।

कुवेतबाट उद्दार गरेर नेपाल पुगेकी धन कुमारी घर्ती मगरलाई युवा संगठन नेपालका केन्द्रिय सचिव तिलक सी , संगठनका केन्द्रिय सदस्य अनिल सी र समाजसेवी रुपेश बाघचन्दले स्वागत गरि आफन्तजन लाई जिम्मा लगाएका छन । उद्दार कार्यमा सहयोग गर्ने रुपेश बाघचन्द लगाएतलाई संगठनका केन्द्रीय सचिव तिलक सीले विशेष धन्यवाद दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार