गुरुजजुरमा इको क्लबद्वारा रक्तदान!

डेली न्युजराप्ती       २७ फाल्गुन २०७९ ०६:१८ मा प्रकाशित     189 No Comments

तुल्सिपुर दाङ / बिशाल ओलि
गुरु जजुर इको क्लबको आयोजनामा क्लबको पहिलो वार्षिकोत्सवको अवसरपारी “रक्तदान नै जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गुरु जजुर माध्यमिक बिधालयको प्राङ्गणमा सम्पन्न सो रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि गुरु जजुर मा.बि रक्षाचौरकि प्राध्यापक श्री विष्णु कुमारी केसीले इको क्लबले विभिन्न समयमा बिद्यालय लाई सरसफाइ मुक्त बिद्यालय बनाउन सकारात्मक कार्य गर्दै आइरहेको र अहिल पछिल्लो समयमा देशभर रगतको अभाव हुदै गइरहेको र रगत नभएकै कारण कतिपय मानिसहरुले ज्यान गुमाउनु परेको जस्ता समस्यालाई मध्यनजर गर्दै इको क्लबले गरेको महान कार्यप्रति बिद्यालय को तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाले विद्यार्थीहरुले जुन उदेश्य लिएर इको क्लब संचालन गरिरहेका छन् यस् तर्फ बिद्यालयले गर्नुपर्ने साथ सहयोग सधै भइरहने समेत बताउनुभएको हो ।

त्यस्तै इको क्लबका पुर्व अध्यक्ष केबि ओलिले इको क्लब स्थापना अथवा वार्षिकोत्सवको अवसरमा सम्पुर्णमा शुभकामना व्यक्त गर्नु भएको थियो । आफुहरुले बिद्यालयमा वातावरण संरक्षण र गुणस्तरीय शिक्षाको लागी गत बर्षदेखी उक्त क्लब संचालन गरेको र आफुहरुले संचालन गर्दै गर्दा धेरै विद्यार्थी साथि हरुको , शिक्षकहरुले दिएको साथ सहयोगले गर्दा आज यहाँसम्म इको क्लब आउन सफल भएकोमा सम्पुर्ण शिक्षक , शिक्षिका , विद्यार्थी साथीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।उहाले आगामी दिनहरूमा पनि यस्तै साथ सहयोगको अपेक्षा रहेको बताउनुभएको छ ।

यस्तै एक फरक प्रसंगमा बोल्दै ओलिले आफुहरुले २०२४ सम्म गुरुजजुर बिद्यालयलाई सरसफाइमुक्त बिद्यालय घोषणा गर्ने गरि इको क्लबका काममा सम्पुर्ण पदाधिकारी लाग्न आग्रह पनि गर्नुभएको छ ।

यस्तै इको क्लबका संरक्षक शिक्षक गोपाल बुढाथोकीले इको क्लबले एक बर्षको बिचमा विभिन्न चरणमा थुप्रै काम गर्दै आइरहेको र अहिले पछिल्लो समयमा देशको स्वास्थ्य क्षेत्रलाई मध्य नजर गर्दै इको क्लबले संचालन गरेको यो रक्तदान कार्यक्रमले आफू धेरै खुशी भएको बताउनुभएको हो । आगामी दिनहरूमा पनि इको क्लबले यस्तै कार्य गर्दै जानेछ भन्नेमा आफू पुर्ण आशावादी रहेको समेत उहाले बताउनुभएको छ ।

यस्तै मानवीय सेवाको भावनाबाट अभिप्रेरित भई देशभर रगत अभाव हुन नदिन तथा रगतको आपुर्ती सहज होस भनि रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विशाल ओलिले बताउनुभयो । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको र आगामीदिनमा पनि जारी रहने समेत ओलिले बताएका छन।

क्लबका पुर्व अध्यक्ष, सल्लाहकार, एवं कार्यकारिणी समिति र क्लबका सदस्यहरुको सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको पनि उहाले बताउनुभएको हो । यस्तै रक्तदान कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र तुल्सिपुरका इन्चार्ज नरेश चौधरीले सहयोग तथा सहकार्य गरेका थिए भने सबैको स्वास्थ्य अबस्था चेकजाँच गरेर मात्र रक्तदान सरल , सहज तथा सकारात्मक ढंगले सम्पन्न भएको पनि उहाले बताउनुभएको हो ।
गुरु जजुर इको क्लबका अध्यक्ष बिशाल ओलिले अध्यक्षता तथा बिद्यालयकि प्रधानाध्यापक विष्णु कुमारी के.सि को प्रमुख अतिथिमा संचालन गरिएको उक्त कार्यक्रममा इको क्लबका पुर्व अध्यक्ष केबि ओलि , इको क्लबका संरक्षक शिक्षक गोपाल बुढाथोकी , प्रधानाध्यापक बिष्णु कुमारी के.सि लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालक क्लबका सचिव खुमराज खनालले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार