नेकपा दक्षिण कर्णाली ब्युरोको बैठक आज शुरु

डेली न्युजराप्ती       १५ माघ २०७९ २२:३२ मा प्रकाशित     271 No Comments

माघ १५, बाँके । नेपाल कम्युनिष्ट पार्टी दक्षिण कर्णाली ब्युरोको प्रथम बैठक आइतबारबाट शुरू भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरो इन्चार्ज संगम सी को अध्यक्षता, स्थाई कमिटी सदस्य विषम सी को प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा कर्णाली मुक्ती मोर्चाको अध्यक्ष बिराट सी काे आतिथ्यतामा बाँकेको काेलपुरमा आइतबारदेखि बैठक शुरू भएको हाे ।

बैठकमा ब्युरो सदस्यहरूले आ-आफ्नो कार्यक्षेत्रको रिर्पोट राखेका छन भने रिर्पोट पछि ब्युरो इन्चार्ज संगमले केन्द्रीय समितीको तेस्रो पुर्ण बैठकको सर्कुलर बाचन गरेका थिए ।

बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी विषमले बर्तमान राष्ट्रिय -अन्तर्राष्ट्रिय परिस्थिती र रिर्पोट माथीको छलफल बारे प्रशिक्षण दिएका थिए।

बैठकमा नेकपा केन्द्रिय सदस्य बिराटले पार्टीले तय गरेको योजनाको मुल स्प्रिट लाई दक्षिण कर्णाली ब्युरोले समातेकोमा खुसी ब्यक्त गर्दै काम कार्बाहीमा ब्युरो सफल हुने बिश्वास ब्यक्त गरेका छ्न।

बैठक भाेलि बिहान ८ बजेबाट पुनः शुरु गर्ने गरि स्थगित भएको कुरा नेकपा बाकेका इन्चार्ज रणदिपले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार