निर्जीव शालिक तोडफोड गरेर जिवित सपना तोडफोड हुदैनन् : इन्चार्ज सविन

डेली न्युजराप्ती       २१ माघ २०७९ १६:३८ मा प्रकाशित     393 No Comments

माघ २१/ दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले निर्जीव शालिक तोडफोड गरेर जिवित सपना तोडफोड नहुने बताएका छन् ।

गएराती घोराही स्थित झिंगौरा पार्कमा जनयुद्धका शहिदका शालिक तोडफोड गरिएपछी नेकपा राप्ती ब्युरो इन्चार्ज समेत रहेका नेता सविनले उक्त धारणा व्यक्त गरेका हुन् ।

नेता सविनले आज फेसबुक पेज मार्फत शालिक तोडफोडको घटनाप्रती आक्रोश व्यक्त गरेका छन् । उनले तोडफोड गर्ने तत्वको खोजी गरि कारवाहीको दायरामा ल्याउनै पर्ने समेत माग राखेका छन् ।

नेता सविनले फेसबुक पेजमा शालिक तोडफोड घटनाप्रती दिएको प्रतिक्रिया।

यता नेकपाकि केन्द्रीय सदस्य तथा पुर्वी दाङका इन्चार्ज सम्झना सीले पनि शालिक तोडफोडको निन्दनीय घटनाप्रती चिन्ता व्यक्त गरेकी हुन् ।
नेतृ सम्झनाले आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भनिन्– ‘ सहिदको सालिक तोडफोड गर्दैमा सहिदको सपना मर्दैन । कसैको लागी यो कुनै सामान्य बस्तु हुनसक्छ तर हाम्रो लागी देशको एक इतिहास बदल्ने महान मान्छे हुन । यी र यस्ता जनताका छोराछोरीले बगाएको रगतबाट आलोपालो सत्ता आरोहण गरेकाहरुको पनि ध्यानाकर्षण होस कि सहिदका सालिक ढाल्ने र सहिदको सपना मार्ने प्रयत्नहरु धेरै टिक्ने छैनन् । जनताले ढिलोचाडो छिनोफानो गर्ने नै छन् ।

नेतृ सम्झनाले शालिक तोडफोडप्रती सामाजिक संजाल फेसबुकमा दिएको प्रतिक्रिया।

१० वर्षको महान जनयुद्धमा सहादत प्राप्त गर्नुभएका झिंगौराका वीर शहिदहरु क.पृथ्वी चौधरी , ओम भक्त चौधरी (विजय) र क.लौटन चौधरीको शालिक तोडफोड गरिएपछि माओवादी आन्दोलन निकटका पार्टी , नेता-कार्यकर्ताहरुले घटनाप्रती चासो व्यक्त गर्दै तोडफोड घटनामा संलग्नलाई पत्ता लगाई कार्वाही गर्न प्रशासनलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार