दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल ( क्रान्तिकारी ) पुर्वी कमान्ड अन्तर्गत सगरमाथा र मेची ब्युरो का स्ववियु निर्वाचन विशेष बैठकहरू सम्पन्न भएका छन ।
मेचि ब्युरो समितिको बैठक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमन सिंह सीको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) का महासचिव ललित सिको उपस्थितमा यहि चैत्र ९ गते झापाको विर्तामोडमा सम्पन्न भयो भने सगरमाथामा ब्युरो समितिको बैठक नेपाल कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रिय सदस्य मन्सालु सिको प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) का महासचिव ललित सी , नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा उदयपुर इन्चार्ज अमृत सी , सेक्रेटरी जित बहादुर सीको उपस्थितिमा चैत्र ५ गते उदयपुरको घाईघाटमा सम्पन्न भयो ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरे सँगै क्रान्तिकारीले निर्वाचन केन्द्रित गतिविधि तिब्र पारेको छ । अखिल (क्रान्तिकारी) ले पछिल्लो १५ वर्ष यता स्ववियु निर्वाचन नभएको ले जसरी पनि यो पटक निर्वाचन हुनु पर्ने बताउँदै आएको छ ।
क्रान्तिकारीले गत फागुन २५,२६,र २७ गते केन्द्रिय समितिको बैठक सम्पन्न गर्दै स्ववियु निर्वाचन लाई एक सुत्रिय मुद्दा बनाउँदै देशैभरी गतिविधि गरिरहेको छ ।
यसै सन्दर्भमा अखिल (क्रान्तिकारी ) ले पुर्वी क्षेत्रमा स्ववियु लक्षित गतिविधि बढाईरहेको छ । बैठक ,भेटघाट , छलफल सँगै क्रान्तिकारी ले पुर्वामा जनजिविका सँग सम्बन्धित संघर्ष पनि सु सँगसँगै अगाडी बढाएको छ । क्रान्तिकारीको मेची ब्युरोद्वारा चैत्र १० गते क्रान्तिकारीले झापाको विर्तामोडमा विद्यार्थीका अभिभावकलाई लघुवित्तको अनुचित नाफा असुली , बैंकको चर्को ब्याज र मिटर ब्याजिहरूको आतंकले आजित बनाएको भन्दै बिशाल प्रदर्शन सम्पन्न गरेकोले छ ।
यसैगरी क्रान्तिकारीले पुर्वमा स्ववियु निर्वाचन हुने त्रिविविका आङ्गिक र सम्बन्धन प्राप्त सबै क्याम्पसहरूमा विद्यार्थी र क्याम्पस प्रशासनसँग भेटघाटका साथै स्ववियु निर्वाचन सम्बन्धि गतिविधि बढाएको हो । स्ववियुलाई विद्यार्थीको पक्षमा , त्रिविविको समग्र हित र शैक्षिक गुणस्तर वृद्धिका लागि आन्दोलनको रुपमा विकास गर्नुपर्ने र यहि मुल एजेन्डा लिएर निर्वाचनमा होमिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.