‘स्मृतिमा वीरजङ्ग’कृतिको परिचर्चा कार्यक्रम बुटवलमा हुँदै

डेली न्युजराप्ती       २६ फाल्गुन २०७९ २०:५८ मा प्रकाशित     294 No Comments

बुटवल / असामयिक रुपमा निधन हुनु भएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पोलिटब्युरो सदस्य वीरजङको व्यक्तित्वमा आधारित ‘स्मृतिमा वीरजङ्ग’कृतिको परिचर्चा कार्यक्रम हुने भएको छ। कम्युनिस्ट आन्दोलन बिशेषत:जनयुद्ध – एकीकृत क्रान्तिको यात्रामा जेल, हिरासत हुँदै विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा निधन हुनुभएका उनको स्मृतिमा वीरजङ्ग कृतिको परिचर्चा कार्यक्रम फाल्गुन २७ गते बुटवलमा हुन लागेको हो।

चन्द्र बहादुर चन्द वीरजङ्ग स्मृति ग्रन्थ प्रकाशन समितिद्वारा प्रकाशित कृतिको परिचर्चा कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी पुर्वी लुम्बिनी व्युरोको आयोजनामा हुन लागेको हो।

रुपन्देहीको बुटवलमा हुने परिचर्चा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा’स्मृतिमा वीरजङ्ग’ कृतिका सम्पादक अनिल शर्मा-विरही, नेकपा पोलिटब्युरो सदस्य तथा व्युरो इन्चार्ज प्रज्वलन, साहित्यकार दिल साहनी, वरिष्ठ साहित्यकार रामचन्द्र भट्टराई , साहित्यकार ऋषिराम भुसाल लगाएत लेखक, कवि, र साहित्यकारहरुको उपस्थिति रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार