तुलसीपुर, ४ चैत्र । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राप्ती बबई क्याम्पसमा अध्ययनरत ४ जना विद्यार्थीलाई कारबाही गरेको छ । संगठनको नीति विपरित राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघसँग गठबन्धन गरेको भन्दै क्रान्तिकारीले साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको हो ।
अखिल क्रान्तिकारीका संयोजक गिरबहादुर महराद्धारा जारी विज्ञप्तिमा अखिल क्रान्तिकारीका इकाई कमिटी सदस्य जेनी ढकाल, तिलकराज डाँगी, टेकराज बुढाथोकी र रीताकुमारी थापालाई इकाई कमिटीको सदस्य समेत नरहनेगरी कारबाही गरिएको जनाइएको छ । राप्ती बबई क्याम्पसमा संगठनको तर्फबाट आधिकारिक उम्मेदवार छैन् । माओवादी निकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु र जनमोर्चा निकट अनेरास्ववियू छैठौका बिच भएको सहमति यथावथ रहेको छ । सङ्गठनले गरेको तालमेल अनुसार अखिल संयुक्तलाई जिताउन विज्ञप्तिमा आग्रह गरिएको छ ।
यस्तै संगठनले संगठनको नीति ,विधि विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र सभापति पदका उम्मेदवार भद्र बहादुर खत्रीलाइ समेत कारवाही गरेको बिज्ञतिमा उल्लेख गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.