बैशाख २५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पूर्वी दाङको ऎतिहासिक प्रथम जिल्ला भेला भब्य रुपले सम्पन्न भएको छ ।
सोमबार घोराही उपमहानगरपालिका स्थित उधोग बाणिज्य संघको सभाहलमा सम्पन्न भेलाले पुर्वी दाङको अध्यक्षमा युवा नेता पदम सीलाइ चयन गरेको हो ।
प्रथम जिल्ला भेलाले अन्य पदाधिकारी उपाध्यक्षमा शिशिर सी , सचिवमा मनोज सी , सह- सचिवमा विजय सी र कोषाध्यक्षमा दीपजं सीलाई चयन गरेको जनाइएको छ ।
यस्तै सदस्यहरुमा पूर्ण सी , मनिका सी , शरद सी , यम बहादुर सी , प्रतीक्षा सी , भूपबहादुर सी , वसन्त सी , राजमोहन , नवीन सी , नेत्रज्योति सी , उमेश सी , सुसान्त सी , अनिल सी , तिलक सी , भूपेन्द्र सी , धर्मेन्द्र सी , अविषेक सी लगायत चयन भएका हुन् ।
भेलाले युवा संगठन नेपाल पुर्वी दाङमा २५ सदस्यीय जिल्ला कमिटी चयन गरेको संगठनले बताएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य , पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी दाङ इन्चार्ज सम्झना सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज जिवनी सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य शुदर्शन सी , नेकपा पुर्वी दाङका सचिव जनक सीको आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.