अखिल(क्रान्तिकारी) वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न

डेली न्युजराप्ती       १२ जेष्ठ २०७९ २२:१६ मा प्रकाशित     288 No Comments

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी)को वाणिज्य क्याम्पसको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रसुन ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ । सम्मेलनलाई सम्बोधन गर्दै अखिल बुटवल । नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रिय महासचिव श्याम सेन्चुरीले इतिहासको कालखण्डमा विधार्थी आन्दोलनहरु सहि दृष्टिकोण नभएका कारण विभाजित भएको बताए । उनले अहिले नेपालको शिक्षा प्रणाली पँजीवादको रक्षा गर्ने शिक्षा प्रणाली भएको र यसलाई खारेज गरेर गरीखाने वर्गको सेवागर्ने शिक्षा अहिलेको आवश्यकता रहेको बताए । उनले पार्टीबाट अलग भएका (बहुमत) पार्टीका नाममा कतिपय ब्यक्तिहरु भ्रम छर्न आउनेछन् यसबाट भ्रमित नहुन र सचेत बन्न समेत आग्रह गरे ।
नेकपाका बुटवल नगर इन्चार्ज बिरेन्द्र बि.कले राजनिती र शिक्षा अलग ढङ्गले विश्लेषण भएको बताउदै विधार्थीहरु अनिवार्य राजनितीमा जानकार हुनुपर्ने बताए । अखिल क्रान्तिकारीले कुनै पनि राष्ट्रघात र जनघातका लागि सम्झौता नगरेको र आभारभुत तहभन्दा माथिको शिक्षा ब्यवहा्िरक हुनुपर्ने ,क्षमता अनुसारको पढ्न पाउने ग्यारेन्टी राज्यले गर्नुपर्छ भनेर ओकालत गर्ने संगठन अखिल क्रान्तिकारी रहेको बताए । उनले वैज्ञानिक शिक्षा लागुगर्नको लागि वैज्ञानिक समाजवादको आवश्यकता रहेको पनि बताए ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य विज्ञानले क्रान्ति भनेको परिवर्तन रुपान्तरण भएको बताए । उनले खाक्रो राष्ट्रवाद नचाहिएको र राष्ट्रघाघात गर्नेहरुलाई काउन्टर गरेर युवा विधार्थिहरुले देशको नेतृत्व गर्ने यात्रामा लामवद्व हुनुपर्ने बताए । उनले विधार्थीसँग भएको हतियार कलमलाई सहि ठाँउमा प्रयोग गर्न र शैक्षिक क्षेत्र सुधारका लागी सबै एकजुट हुन आग्रह गरे उनले अहिलेको समयमा (बहुमत)का नाममा थुप्रै ठाउँहरुमा भ्रामक हल्ला र प्रचारहरु भएको र त्यस्ता भ्रममा नपर्न अनुरोध गरे । अखिल (क्रान्तिकारी)वाणिज्य क्याम्पस ईन्चार्ज नयन अर्यालले वाणिज्य क्याम्पसमा मात्र नभएर शैक्षिक क्षेत्र सुधारका लागि रुपन्देही जिल्ला भरि नै लाग्नुपर्ने बताए । कार्यक्रम प्रमिसा क्षेत्रीको स्वागत मनतब्य मनोज न्यौपानेको अध्यक्षता र प्रसुन ज्ञवालीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार