समाजवाद प्राप्तिको आन्दोलनमा दमन गरे युवाहरुले राइफल बोक्छन:शितल

डेली न्युजराप्ती       ३० बैशाख २०८० २२:४२ मा प्रकाशित     211 No Comments

बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शितल सीले वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा राज्यले दमन गरे युवाहरुले राइफल बोक्ने चेतावनी दिनुभएको छ ।
आज शनिबार तुलसीपुरमा युवा संगठन नेपाल पश्चिम दाङको छैठौं सम्मेलनलाई सम्बोधन गर्दै नेता शितल सीले उक्त चेतावनी दिनुभएको हो ।

सम्मेलनको प्रमुख अतिथि समेत रहनुभएका नेता शितलले भन्नुभयो – ‘हामि शान्तिपुर्ण ढंगले संकटग्रस्त संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद भनेर आन्दोलन गरिरहेका छौँ । हामी अहिलेको संकटको निकासका लागि प्रयत्नशील हुँदै विभिन्न छलफल , सभा ,सम्मेलन मार्फत राज्यलाइ अपिल गरिरहेका छौँ तर राज्यले शान्तिपुर्ण ढंगको आन्दोलनलाई पत्याएन वा दमन गर्छु भन्ने सोच्यो भने युवा संगठनमा आवद्ध हाम्रा युवाहरुले राइफल बोक्छन र यो सत्ता ढाल्छन ।’

सम्मेलनलाई सम्बोधन गर्दै नेता शितलले रवीहरु अमेरिकी साम्राज्यवादको प्रतिनिधि भएको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो – ‘रवीहरु देखि सबै सचेत रहनुपर्छ । रवीहरु अमेरिकी साम्राज्यवादका प्रतिनिधि हुन् । रवीहरु हावी हुनु भनेको नेपालमा अमेरिकी साम्राज्यवाद हावी हुनु हो । रवीको न कुनै आदर्श छ न कुनै राजनीतिक सिद्धान्त , कार्यक्रम , कार्यदिशा केही छैन । उनिहरु केवल दलाल संसदीय व्यवस्थामा रहेका पुराना पार्टीहरुबाट निराश भएका जनताको सेन्टिमेन्ट पकड्न चाहान्छ्न अन्ततः व्यवस्था होइन अवस्था फेर्ने भनेर उदाएका छन् तर यहीँ व्यवस्थामा जो कोही आएपनी हुनेवाला केही होइन । यो कुरा हामिले जनतालाइ बुझाउन आवश्यक छ। सत्ताधारी कम्युनिस्टहरुलाइ बदनाम गरेर अमेरिकी साम्राज्यवाद रवीलाइ हावी बनाउन चाहान्छ ।’

क्रान्ती झनपछी झन सम्भव देखिएको छ , उहाँले थप्नुभयो ‘देशमा बिद्रोहका संकेतहरु देखिएका छन् त्यसलाइ संगठित गर्नुपर्छ । अमेरिकी साम्राज्यवाद हाम्रा विरुद्ध केन्द्रित हुँदैछ । लडाइ जारी रहेको छ । हामी यो देशको दलाल पुजीवादी संसदीय व्यवस्था र अमेरिकी साम्राज्यवादका विरुद्ध निर्मम भएर लड्नुपर्ने बेला आएको छ ।’

एक अर्को प्रसंगमा बोल्दै नेता शितलले भ्रष्टाचारका ठुलाठुला काण्डहरुले गर्दा सत्ताधारीहरु नाङ्गेझार भएको बताउनुभयो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा राज्यसत्ताका हाइ प्रोफाइलहरु धमाधम पक्राउ पर्नुले यो व्यवस्था नै भ्रष्टहरुको व्यवस्था भएको भनेर बुझ्न जनतालाइ सहज भएको टिप्पणी गर्नुभएको हो।

युवाहरु लाल निपुण भए निकट भविस्यमै देशमा उथलपुथल हुने नेता शितलको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार