तापक्रम अझैं बढ्न सक्ने

डेली न्युजराप्ती       २६ जेष्ठ २०८० ०८:१६ मा प्रकाशित     185 No Comments

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले तराई भेगमा तापक्रम अझै केही दिन नघट्ने जनाएको छ। शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले अझै केही दिन तातो हावा र लू चल्ने जनाएको हो।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका अनुसार पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ। ती जिल्लामा तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथिपुगेको छ।

पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ ।

महाशाखाले शुक्रबार कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

शुक्रवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशको पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।
राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागको १–२ स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार