नेकपा स्थायी समितिद्वारा समाजवादी मोर्चाको अवधारणावारे छलफल

डेली न्युजराप्ती       २७ जेष्ठ २०८० १३:१५ मा प्रकाशित     225 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले रास्ट्रीय स्वाधीनताको रक्षा र कम्युनिस्ट,वामपन्थी र समाजवादी आन्दोलनलाई नयाँ उचाइमा उठाउने उदेश्यले बन्न थालेको समाजवादी मोर्चाको अवधारणाबारे पार्टी धारणा तय गरेको छ। शनिबार महासचिव विप्लवको अध्यक्षतामा काठमाडौमा सम्पन्न स्थायी समिति बैठकले समाजवादी मोर्चाको अवधारणाबारे पार्टी धारणा तय गरेको हो।

स्थायी समिति बैठकले समाजवादी मोर्चामा पार्टीको तर्फबाट प्रबक्ता प्रकाण्डले प्रतिनिधित्व गर्ने निर्णय समेत गरेको जानकारी दिइएको छ।

नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्र रूपमा बढ्दै गएको , देशको प्रधानअन्तरबिरोध भूमण्डलीकृत साम्राज्यवाद भएको र देशमा विद्यमान आर्थिक- राजनीतिक संकटको निकासका लागि संयुक्त मोर्चाको नयाँ स्तरमा बिकास गर्नुपर्ने आवश्यकता रहेको निस्कर्ष सहित समाजवादी मोर्चा निर्माण गर्न पहल गरिरहेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी , माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , बाबुराम भट्टराई लगाएतका पार्टीहरुसङ्ग पहिलो चरणमा मोर्चा निर्माण गर्ने प्रयास भैरहेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार