भदौ १९,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्र सुरु भएको छ।
आज आइतबार घोराहीमा सुरु भएको ऐतिहासिक नवौ जिल्ला सम्मेलन दुईदिन सम्म चल्नेछ।
नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्यमा सुरु भएको सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य एवम सल्यान-रुकुम पश्चिम जिल्ला इन्चार्ज सबिन,नेकपा बिशेष कमिटी सदस्य द्वय सम्झना र बिक्रम,युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन,सचिव तिलक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष डिल्ली वली,सहिद वेपत्ता परिवार समाजका केन्द्रीय सदस्य धर्ती,मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य भिम प्रकाश पुन,एकीकृत जनक्रान्तिका सहिद महानकि पत्नी मालती राणा लगाएत नेकपा निकट जवस/मोर्चाका केन्द्रीय सदस्यहरुको आतिथ्यमा रहेको छ।
नेकपा दाङ जिल्ला नवौं सम्मेलन आयोजक कमिटीका संयोजक प्रदिप वलीको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन नेकपा दाङ जिल्ला नवौ सम्मेलन आयोजक कमिटीका सदस्य विकाश वलीले गरेका छन।
फोटोफिचर:
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.