नेकपा घोराही उपमहानगर-७ को बैठक सम्पन्न,संगठनात्मक गतिविधि तिब्र बनाउने निर्णय

डेली न्युजराप्ती       १३ भाद्र २०७८ ०९:१६ मा प्रकाशित     966 No Comments


हेमन्त वली,घोराही। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराहि उपमहानगरपालिका वडा नं.७ को बैठक शनिबार सौडियारमा सम्पन्न भएको छ।

बैठकले ९ सदस्यीय वडा कमिटी गठन गरेको छ भने वडामा प्रशिक्षण कार्यक्रम गर्ने,एक महिने संगठन सुदृढ तथा जनसम्बन्ध बिस्तार अभियानमा व्यापक सहभागिता जनाउने,टोलटोलमा ,युवा ,महिला ,थारू ,दलित ,किसान र मजदुर लगायत ज.ब.स. संगठन निर्माण गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।

नेकपा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ सौडियारका वडा सेक्रेटरी पदम चन्दको अध्यक्षता तथा संचालनमा भएको बैठकमा युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन जंगलीको प्रमुख आतिथ्य, नेकपा घोराही उपमहानगर कमिटी इन्चार्ज तिलक ,पार्टीका जिल्ला सदस्य तथा वडाका इन्चार्ज महानको आतिथ्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका जिल्ला उपाध्यक्ष तथा पार्टीका घोराही १६ का सेक्रेटरी दिनेश विक को विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार