नेपाल कम्युनिस्ट पार्टी बबइ गाउपालिकाको दोस्रो बैठक सम्पन्न

डेली न्युजराप्ती       १५ भाद्र २०७८ ०७:१६ मा प्रकाशित     1159 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत बबई गाउपालिकाको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ।

बैठकले एक महिने संगठन सुदृढ तथा बिस्तार अभियान संचालन गर्ने,नमुना गाउ बनाउने,गाउपालिका स्तरीय राजनितिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने,स्कुलिङ संचालन गर्ने,जबस मोर्चाको पालिका स्तरीय भेला/सम्मेलन गर्ने,अन्तर्क्रीया गर्ने,जनतासंग भेटघाट छलफल गर्ने,सहिद परिवार,घाइते,बेपत्ता योद्धाका परिवारसंग भेटघाट गर्ने लगाएतका महत्वपूर्ण निर्णय गरेको छ।

नेकपा बबई गाउपालिका इन्चार्ज/सेक्रेटरी प्रतिरोधको अध्यक्षता तथा संचालनमा बसेको बैठकमा नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्य,नेकपा शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मल,पार्टी जिल्ला सदस्य उज्ज्वलको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार