जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिको भर्चुअल बैठकले गर्यो यस्ता निर्णय!

डेली न्युजराप्ती       १३ श्रावण २०८० २१:२१ मा प्रकाशित     233 No Comments

साउन १३ , तुलसीपुर । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ ।
शनिवार सम्पन्न संगठनको भर्चुअल बैठकले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियान र नयाँ सदस्यता छनौट प्रक्रियाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनको भर्चुअल बैठकले पत्रकारिता क्षेत्रलाइ मर्यादित बनाउन महासंघले चलाएको शुद्धीकरण अभियानप्रती सकारात्मक रहेको तर महासंघले नयाँ सदस्यता छनौट गर्दा राजनीतिक पुर्वाग्रह राखी गरिएको छनौटको घोर निन्दा एवम भर्त्सना गरेको छ ।

बैठकले महासंघमा दलिय सिण्डिकेट अन्त्य गरि पत्रकार महासंघलाई सबैको साझा संस्था बनाउन तथा देशका सबैजसो जिल्लामा राजनीतिक पुर्वाग्रह राखी गरिएको नयाँ सदस्यता छनौटको निर्णय सच्याई महासंघमा सबै क्रीयाशिल संघ/संगठनको साझा प्रतिनिधित्वको सुनिश्चितता गर्न आग्रह समेत गरेको छ ।

यस्तै संगठनको भर्चुअल बैठकले देशभर आधारभुत पत्रकारिता तालिम र खोज पत्रकारिता तालिम चलाउने निर्णय समेत गरेको छ ।

संगठनको भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्नो रिपोर्ट राखेका थिए ।

भर्चुअल बैठकको अध्यक्षता तथा सञ्चालन संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्माले गरेका थिए भने सहजीकरण संगठनका सचिवालय सदस्य शोभराज बरालले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार