नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठक सम्पन्न भएको छ ।
कपिलवस्तुस्थित पार्टी कार्यालय शिवगढीमा बसेकाे नेकपा स्थायी समिति बैठक शुक्रबार राति ९ बजे सम्पन्न भएको हो।
स्थायी समिति बैठकमा आज बसिरहेको पाेलिट ब्युरो समिति र भोलिदेखी बस्ने केन्द्रीय समिति बैठकका ऐजेण्डा र व्यवस्थापनबारे छलफल भएको बताइएको छ । यसअघि केन्द्रीय प्रतिनिधि समितिको बैठक सम्पन्न भएको थियो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी पाेलिट ब्युराे समितिकाे बैठक आज बिहानबाट सुरु भएकाे छ ।
बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यलयमा बिहान ९ बजेदेखि सुरु भएकाे पार्टी स्थायी समिति सदस्य तथा प्रकाशन विभाग प्रमुख अनिल सीले जानकारी दिए ।
बैठकमा महासचिव विप्लव सीले बैठकका एजेण्डा प्रस्तुत गरेर आफ्नो धारणा राखिरहेकाे नेता अनिलले बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.