एकीकृत जनक्रान्तीका महान सहिद कुमार पौडेलको चौथो स्मृति सभा सम्पन्न

डेली न्युजराप्ती       ५ असार २०७९ २१:४१ मा प्रकाशित     150 No Comments

सर्लाही। एकीकृत जनक्रान्तीका महान सहिद कुमार पौडेलको चौथो स्मृति सभा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सर्लाही-रौतहट जिल्ला इन्चार्ज मिसन शाहीको प्रमुख आतिथ्यमा भएको सभामा सहिद कुमार पौडेलका बुबा खिलक राज पौडेल, आमा दुर्गा देवी पौडेल, छोरा कुशल पौडेल, सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङ्ग, सिन्धुली जिल्ला सेक्रेटरी गोपाल, विशेष जिल्ला सेक्रेटरी पवन महतो, रौतहट जिल्ला सेक्रेटरी नर बहादुर थापा, मजदुर मधेस प्रदेश इन्चार्ज पदम किङरिङ्ग मगर लगाएत नेता-कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा बाेल्ने सहभागीहरुले कमरेड कुमार पौडेलले देखाउनु भएको सपना पूरा गर्न आफूहरु बलिदान दिन तयार रहेको तर सहिदको सपना पूरा गरि छाड्ने प्रतिबद्धता जाहेर गरेका थिए।बागमती न. पा. २ धरहरा सहिद कुमार पौडेलको निजि निवासमा भएको स्मृति सभाको अध्यक्षता सहिद कुमार पौडेलका जीवनसंगिनी धन कुमारी खड्का पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार