पुर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता गिरि एमसिसीको विरुद्धमा , मातृभूमिप्रति धोका भएको ठोकुवा!

डेली न्युजराप्ती       १२ भाद्र २०८० ०६:३५ मा प्रकाशित     301 No Comments

बसन्त विक
काठमाडौँ: पूर्व सुरक्षाकर्मी महासंघका प्रवक्ता हेमसंकर गिरीले एमसीसी कार्यान्वयनमा लिए जनता र मातृभूमिप्रति धोका भएको बताएका छन् ।
एमसीसी परियोजना कार्यान्वयन विरुद्ध आयोजित बृहतअन्तरक्रिया कार्यक्रममा सम्वोधन गर्दै प्रवक्ता गिरीले एमसीसी मातृभूमिप्रतिको ठूलो धोका भएको बताएका हुन्।

उनले एमसीसीका विरुद्ध आज पनि राष्ट्रको सिपाही भएको र तपाईहरुले बाेलाएको ठाउँमा बलिदान दिन तयार भएको प्रतिबद्धता जनाए ।

उनले नेपालमा राजकिय सत्ता नै विदेशीको हातमा रहेको भन्दै नेपालमा एमसीसी पारित गर्न साथ दिनेहरु विरुद्ध बहिष्कार अभियान चलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार