विप्लव-वैद्यसहितका ४ कम्युनिस्ट पार्टीद्वारा एमसिसी खारेजीको माग गर्दै भोलि देशव्यापी प्रदर्शन!

डेली न्युजराप्ती       १२ भाद्र २०८० २०:०० मा प्रकाशित     224 No Comments

काठमाडौं: एमसीसी परियोजनाका प्रतिनिधी र नेपाल सरकारका प्रतिनिधिबिच आगामी ५ वर्षभित्र कार्यान्वयन गरी सक्ने सहमतिमा भाद्र १३ गते हस्ताक्षर गर्ने षड्यन्त्रप्रति चार कम्युनिस्ट पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनसंघर्षको कार्यक्रम घाेषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुतीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी भाद्र १३ गते देशव्यापी संयुक्त विरोध प्रदर्शन, काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने संघर्षका कार्यक्रम घाेषणा गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ,’हामी चार पार्टी ५ वर्षभित्र एमसीसी परियोजना लागु गरी सक्ने सहमतीमा ल्याप्चे ठोक्ने होइन की, नेपाल सरकारसँग खारेजीको जोडदार माग गर्दछौँ । यसर्थ हस्तक्षेपकारी एमसीसी परियोजना जनसंघर्षको बलमा खारेजी गर्न आम देशभक्त नेपाली जनतालाई सडकमा उत्रिन अपिल गर्दै निम्नअनुसार जनसंघर्षको कार्यक्रम घोषणा गरेका छौँ ।’

जनसंघर्षको कार्यक्रम :–
१. भाद्र १३ गते देश व्यापी संयुक्त विरोध प्रदर्शन
२. काठमाडाैँ उपत्यकामा माइतिघर मण्डलाबाट दिउँसो ३ बजे संयुतक्त विरोध प्रदर्शन

विज्ञप्तिकाे पूरा पाठ-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार