असोज १४ , दाङ । नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी राप्ती र लुम्बिनी ब्युरोले लुम्बिनी प्रदेशमा ज्ञापनपत्र बुझाएको छ ।
आज आइतबार संगठनका राप्ती तथा लुम्बिनी ब्युरो इन्चार्ज अशोका सी , संगठनका केन्द्रिय सदस्य कमला सी लगाएतको टोलिले लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय सचिव निराजन घिमिरे मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई महिला हिंसा अन्त्य लगाएतका मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
संगठनकि केन्द्रीय अध्यक्ष बन्धु सीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा महिला हिंसा अन्त्य , मिटरव्याज लघुबित्तले निम्त्याएको विकराल समस्याको अन्त्य , युवा पलायन र ठगिको अन्त्य , महिलाको पुर्ण सुरक्षा र रोजगारी , मुलुकको राष्ट्रियता सर्वाधिक संकटमा परेकाले त्यसको समाधानका लागि राज्यले ठोस पहलकदमी लगाएतका दर्जनौं मागसहितको ज्ञापनपत्रसमेत बुझाइएको संगठनकि केन्द्रीय सदस्य कमला सीले डेलिन्युजराप्तीलाई जानकारी दिनुभयो ।
यस्तै भोलि सोमबार पनि संगठनले जिल्ला प्रशासन कार्यालय दाङमा महिला हिंसा अन्त्यका लागि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको संगठनले जनाएको छ ।
यस्तो छ ज्ञापनपत्रको पुरापाठ :-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.