पार्टीको लाइनलाइ पार्टी कार्यकर्ताले दर्होसंग पकड्नुपर्छ: नेता निर्मल

डेली न्युजराप्ती       २५ आश्विन २०८० १८:२८ मा प्रकाशित     88 No Comments

हेमन्त प्रकाश ओली ।

असोज २५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङका सचिव निर्मल सीले पार्टीको लाइनलाइ पार्टी कार्यकर्ताले दर्होसंग पकड्नुपर्ने बताएका छन् ।

बिहिवार नेकपा तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको भुह्यारथानमा आयोजित नगर स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै उक्त धारणा व्यक्त गरेका हुन् ।

पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिदै नेता निर्मलले भने– ‘पार्टीका इमानदार नेताकार्यकर्ताले पार्टीको लाइनलाइ दर्होसंग पकड्नुपर्छ । पार्टीको नीति , विधि , बिधान , पद्दतीलाई पार्टी कार्यकर्ताले दर्होसंग पकडे मात्रै क्रान्ती सरल र सहज हुन्छ । पार्टी नेताकार्यकर्ताले पार्टीको नीति बुझ्नुपर्छ र त्यो नितिलाइ जनताको बिचमा लिएर जानुपर्छ । पार्टीका बिचार , नीति , कार्यक्रमहरु आम जनताको बिचमा पुर्याउन नसके जनताले बुझ्दैनन । आज जनताले नेकपाको नीति बुझ्न चाहिरहेका छन् । जनता हामिप्रती आकर्षित छन् तर हामी जनताको विचमा पुग्न सकेका छैनौं ।’

हाम्रो स्वार्थ भनेको नेपाललाई शान्त , समृद्ध र स्वाधीन बनाउने हो , उनले थप भने, ‘ हामिलाइ प्रतिक्रियावादीहरुले बन्दुके भनेर भ्रम छर्ने गरेका छन् । जनतालाई हाम्रा विरुद्ध अनेकौं भ्रम व्यक्त गरिएका छन् । पार्टी कार्यकर्ताले यी भ्रमहरुलाइ जनताको बिचमा चिर्न सक्नुपर्छ । हामी यो मुलुकलाइ स्वाधिन बनाउन लडिरहेका छौँ । हाम्रो एउटै स्वार्थ हो नेपाललाई शान्त , समृद्ध र स्वाधिन बनाउने हो । हामिलाइ जे सुकै भनुन तर हामी यो संसदिय सत्ता बदलेरै छोड्ने छौँ । असफल संसदीय सत्ताको जाँतोमुनी नेपाली जनता पिल्सिएका छन् । यसको निकास नेकपाले दिनेछ । हामी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न चाहान्छौ ।’

नेता निर्मलले नेकपाले मात्रै नयाँ संस्कृति , नयाँ अर्थनीति र राजनीतिमा नयाँ प्रयोग गरिरहेकाले पार्टी नेताकार्यकर्ताहरु पनि समाजमा सभ्य , शिक्षित , क्रान्तिकारी र जनसेवक भएर देश र जनताको पक्षमा अविराम खट्नुपर्ने बताएका थिए ।

नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा भएको तुलसीपुर नगर स्तरीय राजनैनिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम राप्ती ब्युरो कार्यालय सचिव विकाश सी , नेकपा पश्चिम दाङका सचिवालय सदस्य एवम पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी , पार्टीका जिल्ला सचिवालय सदस्य एवम बबई गाउँकमिटिका इन्चार्ज उज्वल सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओली अगाएतको आतिथ्य रहेको थियो ।

अनेमसङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पश्चिम दाङ अध्यक्ष प्रकृति सीको स्वागत मन्तव्यबाट सुरु भएको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सहजीकरण नेकपा पश्चिम दाङकी सदस्य अरुणा सीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार