जनपत्रकार संगठन नेपाल दाङका अध्यक्षले गरे प्रगतिशील विवाह

डेली न्युजराप्ती       ३ आश्विन २०७८ १९:३७ मा प्रकाशित     694 No Comments


न्यूजराप्ती,दाङ। जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली र नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी)का दाङ जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेकि छोरी कोपिला बन्जाडे बिच प्रगतिशिल विवाह सम्पन्न भएको छ।
प्रगतिशील विवाह कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य तथा दुलाहाका बुवा बिकाश, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समिर,नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य सम्झना र विक्रम एवम नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हिरामणी दुखीको आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्ने वक्ताहरुले प्रगतिशील विवाह मार्फत सांस्कृतिक रुपान्तरणमा यो विवाहले महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए। प्रगतिशील विवाह मार्फत सम्पन्न बिबाहले सांस्कृतिक,सामाजिक रुपान्तरण साथै समाजमा बिबाह गर्ने बुर्जुवा,अबैज्ञानिक र ठूलो धनराशी खर्चेर गर्ने शैलीका विरुद्ध लडाइ समेत जित्न सफल भएको वक्ताहरुको टिप्पणी थियो।

नेकपा(क्रान्तिकारी माओवादी) दाङ जिल्ला सचिवालय सदस्य इश्वरी गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सोही पार्टीका सचिवालय सदस्य मधुसूदन बैधले गरेका थिए भने नबविवाहित जोडिलाइ बधाई मन्तव्य नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटी सदस्य बिक्रमले राखेका थिए।
प्रगतिशील बिवाह कार्यक्रमको अध्यक्षता नेकपा(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी तथा दुलहीका बुवा नरेन्द्र बन्जाडेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार