फ्रान्सले ल्याएको नयाँ धूमपान विरोधी योजनामा के छ?

डेली न्युजराप्ती       १४ मंसिर २०८० १४:११ मा प्रकाशित     147 No Comments

एजेन्सी

फ्रान्स सरकारले धूमपान विरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखेको छ ।  

योजनाअनुसार धूमपान नगर्ने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना बढाउने बताए ।  

धूमपान गर्नेलाई कति जरिवाना लाग्ने हो भन्ने अझै खुलाइएको छैन । विशेष गरी युवाहरूलाई धूमपान गर्नबाट रोक्न र धूमपान गर्नेहरूलाई धूमपान छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो ।  

धूमपान नगर्ने क्षेत्र समुन्द्र तट, पार्क, बगैंचा, वन र विद्यालय वरपर रहेको छ । फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ ।   

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार