देशव्यापी पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुत्ला जलाउदै नेकपा!

डेली न्युजराप्ती       २० मंसिर २०८० १२:५९ मा प्रकाशित     98 No Comments

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पार्टीका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुका नाममा पक्राउ पूर्जी जारी गर्ने काठमाडौं जिल्ला अदालतका न्यायधीस विरुद्ध आज देशभर पुत्ला जलाउदै छ ।

नेकपाले राजधानी काठमाडौं सहित देशभरका जिल्लामा ३ बुँदे सहमति विरुद्ध आदेश दिएको भन्दै पूर्व घोषित आन्दोलनको कार्यक्रम अन्तरगत आज दिउसो ३ बजे न्यायधीसको पुत्ला जलाउन लागेको हो ।

नेकपाका महासचिव विप्लवले मंगलवार मात्र एक प्रेश विज्ञप्ति जारी गरी अदालतले ३ बुँदे सहमति विपरित गैरकानूनी, अराजक,विध्वंसात्मक कार्य हुने गरी आदेश दिएको भन्दै पार्टीपंक्ति र जनतालाई प्रतिरोधमा उत्रिन अपिल गर्दै तीन दिने संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

तीन दिने संघर्षका कार्यक्रम अन्तरगत आज देशभरका प्रमुख शहर तथा सबै जिल्लाहरुमा न्यायधीसको पुत्ला जलाउने नेकपाले तयारी गरेको छ ।

नेकपाले मंगलबार साँझ देशभर पक्राउ पूर्जी विरुद्ध मशाल जुलुस प्रदर्शन गरिसकेको छ भने आज न्यायाधीशको पुत्ला दहन गर्नेछ ।

यस्तै नेकपाले घोषणा गरेको संघर्षको कार्यक्रम अन्तरगत भोलि मंसिर २१ गते दिउसो २ बजे देशव्यापी जनप्रदर्शन गर्ने तयारी पनि गरेको छ ।

जिल्ला अदालत काठमाडौंले २०७६साल पुसको मुद्दा व्यूताएर २०८० मंसिर १८ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी, पीवीएम माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गर्दै गोरखापत्रमा सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार