नेकपा दाङका नेता बिक्रमकि दिबंगत आमाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ६ भाद्र २०७८ १६:०९ मा प्रकाशित     676 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा आइतबार राप्ती गाउपालिका-५ मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
नेकपा दाङका बिशेष कमिटी सदस्य बिक्रमकी ममतामयी आमाको श्रावण ३२ गते दुखद निधन भएको थियो।नेता बिक्रमकी ममतामयी आमाको अन्तिम दाहसंस्कार कार्यक्रममा समेत नेकपाका नेताहरुले मृतक आमाप्रती अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए भने आज एक औपचारिक कार्यक्रमका बिच मृतक आमा तुल्सीदेवी कटुवालप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

श्रद्धाञ्जली कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सदस्य तथा कार्यक्रमकी प्रमुख अतिथि सीता बिक(सम्झना)ले क्रान्ती,समाज परिवर्तन र रुपान्तरणको यात्रामा अनवरत संघर्ष गर्ने बिक्रम जस्ता होनहार छोराछोरीलाई जन्म दिने आमा मृतक तुल्सीदेवी कटुवाल महान भएको बताइन।नेतृ सम्झनाले जनयुद्धमा हजारौं क्रान्तिकारी योद्धाहरुलाइ बचाएकी मृतक आमाको त्याग,समर्पण,बलिदानको खुलेर चर्चा गरिन।कार्यक्रमको प्रमुख अतिथी समेत रहेकी नेतृ सम्झनाले मृतक आमाले देखेको समाज परिवर्तनको सपना पूरा नभएको भन्दै त्यो पूरा गर्न आफुहरु एकीकृत जनक्रान्ती मार्फत नेपालमा जनताको वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनार्थ निरन्तर क्रान्तिको मोर्चामा संघर्ष गरिरहेको बताइन। एक फरक प्रसंगमा नेतृ सम्झनाले मृतक आमाका जेठा छोरा नेकपाका बिशेष कमिटी सदस्य समेत रहेका नेता बिक्रमले मृत्युपश्चात् गरिने सबै पुराको रुढीबादी संस्कृतिलाई निस्तेज गरि समाजमा नया क्रान्तिकारी संस्कृतिको संरक्षणमा भुमिका खेलेको पनि बताइन।उनले भनिन,”बाच्दा सम्म बुवा-आमाको सेवा गर्ने,इज्जत गर्ने हो तर मृत्युपश्चात् पुरानो अवैज्ञानिक रुढीबादी संस्कृतिको सट्टा क्रान्तिकारी संस्कृतिको पालना गर्नुपर्छ”।

कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै मृतक आमाका जेठा छोरा तथा नेकपा बिशेष कमिटी सदस्य नेता बिक्रमले आमाले दस बर्षको महान जनयुद्ध साथै एकीकृत जनक्रान्तीमा देश र जनताको मुक्तिका खातिर अमुल्य योगदान गरेको बताए।उनले मृतक आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे।

यस्तै कार्यक्रममा श्रद्धाञ्जली मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले समाज रुपान्तरणको लागि छोराहरुलाइ प्रेरित गर्ने र जनयुद्धमा दुश्मनको बर्बरतापुर्ण दमन सहने शाहसिक आमा मृतक तुल्सीदेवी कटुवालप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। संयोजक पाटनले मृतक आमाले देखेको परिवर्तनको सपना जनयुद्धका नालायक कमान्डहरुको गद्दारिका कारण पूरा नभएको समेत जिकिर गरे।उनले भने,”बिचबाटोमै क्रान्तिलाइ अलपत्र पारेका कमान्डहरु संग बिद्रोह गरेर हामी एकीकृत जनक्रान्ती मार्फत जनताको मुक्तीका खातिर संघर्ष गरिरहेका छौं”।

कार्यक्रममा स्थानीय समाजसेवी कुल बहादुर बुढाले मृतक आमाप्रती श्रद्धाञ्जली मन्तव्य राखेका थिए।
नेकपा दाङ जिल्ला कार्यालय सदस्य किरणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा बिशेष कमिटी सदस्य सम्झना,युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटन,नेकपा घोराही उपमहानगर इन्चार्ज तिलक,नेकपा दाङ जिल्ला कमिटी सदस्य द्वय एकराज चौधरी र केपि चौधरी,नेकपा दाङ जिल्ला सल्लाहकार समिती सदस्य मधुसूदन गिरि,जनपत्रकार संगठन नेपाल दाङ जिल्ला संयोजक हेमन्त,मृतक आमाका जेठा छोरा तथा नेकपा बिशेष कमिटी सदस्य बिक्रम,स्थानीय समाजसेवी द्वय कुल बहादुर बुढा र राजेन्द्र कटुवालको आतिथ्य रहेको थियो।
श्रद्धाञ्जली कार्यक्रमको सहजीकरण नेकपा लमही नगर इन्चार्ज जनकले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार