नेकपाका नेतृत्व विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको बिरोधमा दाङमा जनप्रदर्शन

डेली न्युजराप्ती       २१ मंसिर २०८० १६:१८ मा प्रकाशित     228 No Comments

हेमन्त प्रकाश ओली ।

मंसिर २१ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले तुलसीपुरमा जनप्रदर्शन गरेको छ ।

नेकपाले पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी , पिबिएम माइला सी लगाएतका नेता विरुद्ध जारी गरिएको पक्राउ पुर्जीको बिरोधमा जनप्रदर्शन सम्पन्न गरेको हो ।

तुलसीपुरको बसपार्कबाट सुरु भएको जनप्रदर्शन र्याली विपि चोक पुगेर सभामा परिणत भएको थियो ।

बिरोध सभालाइ सम्बोधन गर्दै पार्टीका पश्चिम दाङ जिल्ला सचिवालय सदस्य एवम तुलसीपुर नगर इन्चार्ज भुवन सीले देशीबिदेशी प्रतिक्रियावादी तत्वको षड्यन्त्रमा पक्राउ पुर्जी जारी गरिएको बताए ।

उनले भने, “ नेकपा र सरकारबिच भएको तीन बुदे सहमतीलाई लत्याउदै अहिले जारी गरिएको पक्राउ पुर्जी देशीविदेशी प्रतिक्रियावादी तत्वको गम्भीर षड्यन्त्र हो । तत्कालीन सरकार र नेकपाबिच भएको तीन बुदे सहमती कानुनको अंग हो वा बनाइनुपर्छ तर शान्तिपुर्ण ढंगले राजनीतिक कार्यक्रम गरिरहेको पार्टी र त्यसका नेताकार्यकर्ता विरुद्ध अदालतले पुर्जी जारी गर्नु भनेको मुलुकलाई अस्थिरतातिर डोर्‍याउनु हो ।”

नेता भुवनले राज्यलाइ अर्बौं राजस्व नतिरी ब्रम्हलुट मच्चाइरहेको एनसेल र राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध संघर्ष गरिरहेकाले बिदेशी दलालहरुको योजनामा नेपालका दलाल सत्ताका मतियारहरुले पार्टीका महासचिव , प्रवक्ता लगाएतका नेतालाइ पक्राउ पुर्जी जारी गरेको ठोकुवा गरेका थिए ।

नेता भुवनले राज्यले पक्राउ पुर्जी खारेज नगरे पार्टीले आन्दोलनको आगो बाल्ने चेतावनी समेत दिए ।

बिरोध सभामा बोल्दै गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनीका इन्चार्ज रुद्र सीले पार्टीका शिर्ष नेतृत्व विरुद्ध जारी गरिएको पक्राउ पुर्जी समाजवादी आन्दोलन रोक्ने प्रतिगामी षडयन्त्र भएको जिकिर गरे ।

मुलुक समाजवादी आन्दोलनमा केन्द्रित भइरहेको बताउदै उनले भने , “ संसदीय व्यवस्थाबाट मुलुकमा स्थिरता , शान्ति , समृद्धि सम्भव छैन भन्ने निष्कर्ष सहित नेकपा सहित अन्य पार्टीबिच समाजवादी मोर्चा बनेको छ । यो मोर्चाले प्रतिगामीहरुको सातो खाएको छ । अहिले विप्लव , प्रकाण्ड विरुद्ध जारी गरिएको पुर्जी समाजवादी क्रान्ती रोक्ने र मुलुकलाई अस्थिरतातिर लैजाने षड्यन्त्र सहित आएको छ ।”

नेता रुद्रले नेकपाका नेतृत्व विरुद्ध जारी गरिएको पुर्जी तत्काल खारेज नगरे मुलुक गम्भीर संकटमा फस्ने चिन्ता व्यक्त गरेका थिए ।

बिरोध सभामा बोल्दै युवा संगठन नेपालकि राप्ती ब्युरो इन्चार्ज जिवनी सीले पक्राउ पुर्जीको खोस्टो देखाएर क्रान्तिकारीलाई नजिस्काउन चेतावनी दिइन ।

नेतृ जिवनीले जनयुद्ध लडेर आएका नेताकार्यकर्तालाई पक्राउ पुर्जीले तर्साउने कुरा हास्यास्पद भएको समेत बताइन् ।

आवश्यकता आफुहरु अहिलेपनि मुलुकको स्वाधीनता र जनताको अधिकारका लागि जनमुक्ति सेना बन्न तयार रहेको उनको उद्घोष थियो ।

बिरोधसभाको सञ्चालन नेकपाका बबई गाउँकमिटीका इन्चार्ज उज्वल सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार