नेकपाको भुकम्प पीडित एकीकृत जनसहायता अभियानले हालसम्म गरेका कामहरु यस्ता छन्

डेली न्युजराप्ती       १ पुष २०८० १०:४२ मा प्रकाशित     146 No Comments

हेमन्त प्रकाश ओली ।

पौष १ , दाङ। नेकपाको भुकम्प पिडित एकीकृत जनसहायता टिमले भुकम्प प्रभावित क्षेत्रमा हालसम्म गरेका कामहरु सार्वजनिक गरेको छ ।

टिमका प्रमुख एवम नेकपाका राप्ती ब्युरो इन्चार्ज सविन सीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यहरु सार्वजनिक गरेका हुन् ।

जारी प्रेस विज्ञप्तिमा उद्दार , राहत र अस्थायी आवास निर्माण गरि तिन चरणमा अभियान चलाइएको र सबै अभियानमा पार्टीका महासचिव विप्लव सीको निर्देशनमा रोल्पा , दाङ-देउखुरी , कपिलवस्तु , रुपन्देही , नवलपरासी , नवलपुर , पाल्पा , गुल्मी , अर्घाखाँची , प्युठान , भुकम्प प्रभावित जिल्ला पश्चिम रुकुम , सल्यानका ४५० भन्दा बढी स्वयंसेवकहरु फिल्डमा अहोरात्र खटेको जनाइएको छ ।

यस्तै विज्ञप्तिमा कार्तिक २४ गते पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सीले पार्टीको आफ्नै खाद्य भण्डारको चामल सहित विभिन्न सहयोगि मनहरुले उपलब्ध गराएको एक कन्टेनर राहत सामाग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट , रुकुम पश्चिम र सल्यान पुगि सबै राहत सामाग्री स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारी मार्फत जनतासम्म पुर्याउने गरि हस्तान्तरण गरिएको उल्लेख गरिएको छ भने जाजरकोट च्युरीडाँडाका भुकम्प पिडित कले विकको घर निर्माण गरेर रुकुम पश्चिम घेत्माका आफन्त गुमाएका जनताको दुख , पीडा र शोकमा सहभागी हुँदै आठविस्कोट छेपारेका भुकम्प पीडित मान वहादुर विकको अस्थायी आवास निर्माण गरि अस्थायी आवास निर्माणको सुरुवात महासचिव विप्लव सीले गर्नुभएको जानकारी दिइएको छ ।

पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दाङ जिल्लामा केन्द्रित भएको राहत सामाग्री पार्टीका पिबिएम असल सी , राप्ती ब्युरो इन्चार्ज सविन सी , केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी र चन्द्र सीको प्रत्यक्ष सहभागीतामा रुकुम पश्चिमका भुकम्प पीडितलाई वितरण गरिएको , घाइतेहरुलाई उपचार सहायता उपलब्ध गराइएको साथै केही राहात सामाग्री सल्यानका भुकम्प पीडितलाई उपलब्ध गराउने गरि पार्टीका सल्यान जिल्ला सचिव मदन सीलाई हस्तान्तरण गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा दोस्रो चरणको अभियानमा घुम्ती टिम र स्थानीय पार्टी समितिहरुद्वारा विस्तृत तथ्यांक संकलन गर्ने , भत्किएका अस्थायी संरचनाको व्यवस्थापन गर्ने  र अती विपन्न सुत्केरी ,विरामी र अशक्तहरुको अस्थायी आवास निर्माणमा अभियान केन्द्रित भएको स्पष्ट गरिएको छ ।

यस्तै जारी प्रेस बिज्ञप्तिको पाँचौ बुदामा तेस्रो चरणको पहिलो सिफ्टको काम मंसिर ३० गते सम्पन्न भएको र उक्त अवधिमा पुर्वी लुम्बिनी ब्युरोबाट इन्चार्ज पोलिटब्युरो सदस्य बसन्त सीको नेतृत्वमा सल्यान र पश्चिम लुम्बिनी ब्युरोको तर्फबाट केन्द्रीय सदस्य जागृति सीले रुकुम पश्चिममा अस्थायी आवास निर्माणको प्रत्यक्ष नेतृत्व गर्नुभएको जनाइएको छ ।

साथै जारी बिज्ञप्तिमा हालसम्म सल्यान र रुकुममा १०० भन्दा बढी भत्किएका घरको व्यवस्थापन गरेको , रुकुम पश्चिम आठबिस्कोट १३ स्थित जनजागरण माध्यामिक बिधालयको भत्किएको भवन व्यवस्थापन गरेर अस्थायी कक्षाकोठाहरु निर्माण गरेको साथै रुकुम पश्चिममा १५६ , सल्यानमा ५२ गरि कुल २०८ अस्थायी आवास निर्माण सम्पन्न भएको जनाइएको छ भने १०४० भुकम्प पिडित नागरिकलाइ अस्थायी आवासमा पुनर्स्थापना गरिएको , १२० जना बिद्यार्थीलाई अस्थायी कक्षाकोठामा सारिएको बताइएको छ ।

जारी बिज्ञप्तिको अन्त्यमा अभियान निरन्तर जारी रहने जनाइएको छ । साथै अभियान सहयोग गर्ने , सहभागी हुने , प्रेरणा दिने , सहानुभूति दिने , सद्भाव कायम गर्ने र भुकम्प पीडित जनताको पिडामा मलम लगाउने सबैलाइ सम्मानपुर्वक अभिवादन सहित धन्यवाद व्यक्त गरिएको छ ।

कार्तिक १७ गते राती ११:४७ बजे जाजरकोट जिल्लाको रामीडाँडालाइ केन्द्र्विन्दु बनाएर गएको बिनाशकारी भुकम्पले जाजरकोट , पश्चिम् रुकुम र सल्यानमा पुर्याएको मानवीय एवम भौतिक क्षतिप्रती दुख व्यक्त गर्दै नेत्रविक्रम विप्लव सीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी राहत , उद्दार र पुनर्निर्माणमा निरन्तर जुटिरहेको छ । सो पार्टीले भुकम्प पीडित एकीकृत जनसहायता घुम्ती टिम बनाएरै पिडित परिवारको अस्थायी आवास निर्माण जुटेको हो ।

यस्तो छ प्रेस बिज्ञप्तिको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार