सहिद परिवारकाे राताे टीका लगाएर मनाए जनपत्रकारका हेमन्तले जन्मदिन

डेली न्युजराप्ती       १३ आश्विन २०७८ १२:०५ मा प्रकाशित     939 No Comments

मुक्ति गैरे (यात्रा समाचार),दाङ।
जनपत्रकार संगठन नेपाल दाङका जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश समितिका सदस्य हेमन्त प्रकाश अाेलिले सहिद परिवारको राताे टीका लगाएर जन्मदिन मनाएका छन् । अाज एकाबिहानै सहिद स्मृति अावासिय माध्यमिक बिद्यालय तुलसीपुर १७ मानपुर बनकट्टिमा पुगेर जनयुद्धकाे क्रममा प्राण उत्सर्ग गर्ने महान शहिदका अावासिय विद्यार्थी र परिवारहरुलाई साक्षी राखेर विगतको विरासतलाई कायम राख्न र थप प्रतिबद्धता जाहेर गर्न अाएकाे समेत उनले बताए । विगतका नेतृत्वले धाेका दिएर नेपाली महान जनयुद्धको संस्कार,साँस्कृतिक,त्याग,बलिदान भुलेर बिचैमा छाडेको समेत गुनासो गरे,उनलेे भने महान जनयुद्धको निरन्तरता,महान शहिदकाे बाटो,उनका परिवारको साथमा रहेर सधैं लडिरहन सहिदकाे राताे टीका लगाएर निरन्तर अगाडि बढ्ने अवसर मेरो अाजकाे जन्म दिन भएको समेत बताए । याे अवसरले मालेमावादकाे अालाेकमा निरन्तर चलिरहेको एकीकृत जनक्रान्तिकाे बाटोमा हिड्ने दिनको जन्म भएको समेत जिकिर गरे । उनलेे भने मालेमावाद र नेपाली महान जनयुद्धले स्थापित गरेको संस्कृतिकाे संरक्षण गर्नु,व्यवहारिक कार्यवन्यन गर्नु,अग्रज महान सहिदहरु र उहाँका परिवारहरुलाई नभुल्नु,दुखसुखमा साथ दिनु हाम्रो जिम्मेवारी भएको समेत बताए । सहिद स्मृति अावासिय माध्यमिक बिद्यालय २०६६ सालमा नेपाली महान जनयुद्धका महान शहिदहरुकाे सम्झनामा उहाँहरुका छाेराछाेरिलाई पढाउन तत्कालीन नेकपा(माअाेवादि)काे सरकारले स्थापना गरेको थियोे । अहिले उक्त नेतृत्व माअाेवादि,मालेमावादी,महान जनयुद्धको मुल्य मान्यता,महान सहिदहरु र उहाँहरुका अाफन्तहरुलाई भुलेर संसदीय व्यवस्था स्विकारेर नव दलाल नाेक्करशाहि पुँजीवादमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार