शिक्षिका डिसीद्वारा जन्मदिनको अवसरमा कक्षा ८ मा पढ्ने दुई बिद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने घोषणा

डेली न्युजराप्ती       ११ माघ २०८० ११:२२ मा प्रकाशित     1284 No Comments

हेमन्त प्रकाश ओली ।

माघ ११ , तुलसीपुर । तुलसीपुरको एक बिधालयमा अध्यापन गराउदै आएकी शिक्षिका निर्मला डिसीले आफ्नो जन्मदिनको अवसरमा २ बिद्यार्थीको सम्पुर्ण खर्च बेहोर्ने घोषणा गरेकी छन्।

तुलसीपुरको मावी बालापुरमा अध्यापन गराउदै आएकि शिक्षिका डिसीले बुधबार आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमका बिच उक्त घोषणा गरेकी हुन् ।

शिक्षिका डिसीले जन्मदिनको अवसरमा मावी बालापुरमा अध्ययनरत कक्षा ८ का दुईजना बिद्यार्थीको निशुल्क पढाई खर्च बेहोर्ने घोषणा गरेकी हुन् ।

जन्मदिन मनाउदै शिक्षिका डिसीले कक्षा १ देखि १० कक्षा सम्मका बिपन्न तथा जेहन्दार विद्यार्थी भाईबहिनिहरुलाई स्टेनरी सामाग्री समेत वितरण गरेकी थिइन् ।

तुलसीपुर – ६ बरुवागाउ बस्दै आएकी शिक्षिका निर्मला डिसी विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनकि केन्द्रीय महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार