विप्लवले तोके ७ वटै प्रदेशमा इन्चार्जहरु, प्रवक्ता प्रकाण्डले बागमतीको कमान्ड गर्ने

डेली न्युजराप्ती       १७ बैशाख २०८१ ०८:४१ मा प्रकाशित     82 No Comments

बैशाख १६ , दाङ । नेपाल कम्युनिस्ट पार्टीले ७ वटै प्रदेशमा प्रदेश इन्चार्जहरु तोकेको छ ।

पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले प्रदेश इन्चार्जहरुको टुँगो लगाएको हो ।

बैठकले बागमती प्रदेशमा पार्टीका प्रवक्ता समेत रहेका प्रकाण्ड सीलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने सुदुरपश्चिम प्रदेशमा पार्टीका स्थायी कमिटी सदस्य भरत सी , लुम्बिनी प्रदेशमा विषम सी , कर्णाली प्रदेशमा सुशील सी , मधेस प्रदेशमा अनिल सी , गण्डकी प्रदेशमा उमा सी र कोशी प्रदेशमा दिपेश सीलाई इन्चार्जको जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै नेकपाले संसदीय निर्वाचनलाई संघर्षको मोर्चा बनाउने पनि बताएको छ । चुनावलाई बहिष्कार वा प्रयोगको निति दुबैबाट पार्टी समृद्ध भएकाले परिस्थिति अनुरुप चुनावलाई बहिस्कार वा प्रयोग गर्न सकिने नेकपाको बुझाई रहेको छ ।

यस्तै नेकपाले आज केन्द्रीय समितीको पाँचौ बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार