ऐँठन पढेपछी

डेली न्युजराप्ती       ३१ बैशाख २०८१ ०८:३१ मा प्रकाशित     208 No Comments

“सर, छोराको नाडी चल्दैछ। उसलाई स्वास्थ्यचौकी पुगाउन दिनुस। ऊ बाँच्छ, सर!”
“अब उ मरिसक्यो बत्ती निभ्नुअघिको उज्यालो संझेर मन नडुला । बरु तिनीहरु भाग्यशाली रहेछन,विर सहिदहरुकै बगलमा चिहान पाय ।”
बबनकुमार लाई तुच्छ आमा गालिदिदै मरेको जिउदो एकिन नभयको श्रीमती र नारि चल्दै गरेको उसको छोरालाई खाडलमा छापामारहरुले गाडिदिनछन र उसलाई चन्दादिदा अटेरगरेको, सुराकीको आसंखामा अपहरण गर्छन। विवेक ओझा द्वारा लिखित २०७९ को मदन पुरस्कार विजेता ऐँठन उपन्यास को सानो अंस हो, यो । जसमा जनयुद्ध र जनयुद्धका छापामारहरु प्रती कपोकल्पित,भ्रामक,पुर्बाग्रहि कथा रचियको छ। छापामारहरु मान्छे नै होईनन ,उनिहरुसँग हृदय छैन,माया छैन, दया छैन , मानबता छैन, जिउदो र मरेको मान्छेबिच कुनै फरक मान्दैनन् उनिहरु , मान्छे र जनावरहरुको सरिर बिच कुनै फरक छैन। जसरि उसको श्रीमती र छोरालाई बेप्रवाह जिउदै खाडलमा गाडिदिन्छन्। मृत्युको कफन बाँधेर मृत्यु वा मुक्ति को कसम खायको निजी स्वार्थ निजी जिवनलाई कोसौं टाढा थन्कायर निस्वार्थ, निर्भय,निसुल्क देश र जनताको निम्ती लडन हिडेको एक छापामार,आधुनिक हतियार ले सुसज्जित साही सेना,२४० बर्ष राज गरिरहेको राजतन्त्र लाई बरुवा बन्दुक को बलमा पल्टाईदिने दुस्साहस गरेको छापामार योद्धाहरु को फौजले एक निरह निसत्र निर्दोस शिक्षक प्रती एस्तो अमानविय हर्कत गर्न सक्छन? एस्तै एस्तै हजारौं प्रश्नहरु मदन पुरस्कार जित्नसफन उपन्यास ऐँठन पढेपछी उब्जिन्छ।जसमा छापामार हरुलाई हिम्श्रक दानबको रुपमा प्रस्तुत गरियको छ। अझ लेखकको भाषामा मान्छेको सरिर मान्छेको मुल्य मार्केटमा बेच्नराखियको खसिबोका को मासु सरह मान्दछनन छापामारहरु।  जसरि एक कसाईले अचानोमा मासुलाई निर्धक्क टुक्रा टुक्रा छिया छिया पार्छ, त्यसैगरी जनयुद्धमा छापामारहरुले मान्छेको सरिर टुक्रा टुक्रा छिया छिया पारेका थिए। ऐँठन को कपोकल्पित भ्रामक र पुर्बाग्रही कथा पढेपछी एउटा जनयुद्धमा होमिएको सिपाहीको मनमा कस्तो प्रस्न उब्जिन्छ होला? जसले घर त्याग्यो,परिवार त्याग्यो, ब्यतिगत ईच्छा, आकाङ्क्षा, सपनाहरु त्याग्यो। सामुहिक स्वार्थका लागि मृत्यु रोज्यो। उसले ऐँठन लाई कसरी ग्रहण गर्छ होला? उसले ऐँठन पढ्यो भने ,दिनमा होस वा रातमा अनिद्रामा होस वा निद्रामा  जतिखेर सम्झन्छ त्यतिबेला ऐँठन पर्छ होला। किनकी जनयुद्ध तेती क्रुरुर थिएन छापामारहरु त्यती निर्दयी थियनन् । थियो त केबल त्याग थियो । समर्पन थियो । बलिदानी भाव थियो । बर्ग बैरीहरु प्रती घृणा थियो । देश र जनता प्रति उत्तरदायी थियो । लक्ष चुम्ने संकल्प थियो । यि सारा कुरालाई लत्याएर ऐँठन ले जनयुद्धको अपमान गरेकोछ।
             ऐँठनमा कथाको सुरुवात हुन्छ एक काल्पनिक हस्पिटलको क्याविन बाट उपन्यास को मुख्य पात्र बबनकुमार जनयुद्धको क्रममा भोग्नुपरेको भयानक दुर्घटना ले बिछिप्त बन्छ र एक मानसिक हस्पिटलमा मा भर्ना भयको हुन्छ त्यसैक्रममा बबनकुमार र डाक्टर लगायतका पात्रहरु संगकोसम्बाद बाट कथावस्तु को सुरुवात हुन्छ। जनयुद्ध मा उसले भोगेको झेलेको चुनौतीहरु यसै भागमा संबाद को माध्यमबाट प्रस्तुत गरियको छ। श्रीमती र छोराको वियोगमा मानसिक अबस्था नाजुक भयको बबनकुमार  पट्यारलाग्दो हस्पिटलको बर्षौदेखि को बसाईबाट वाक्क भयर हस्पिटल बाट भाग्छ। कथा मा हस्पिटलबाट भागेपछि श्रीमती र छोराको खोजीमा भौतारिन्छ त्यसै दोरान जनयुद्ध पछिको परिस्थिति छापामारहरुको अबस्था, युद्धमा होमिएको गाँउबस्तिको दयिनिय अबस्था को बारेमा कथा बस्तु केन्द्रीत
रहन्छ।           
           बबनकुमार  हस्पीटलमा बिगत संझन्छ। दाङ शान्तिनगर मा रहेको जनता मावी को बिज्ञान शिक्षक हुन्छ। घरमा बबनकुमार  ,श्रीमती र छोरा हुन्छन। एकदिन एकाएक फाइरिङ सुरुहुन्छ। दोहोरो भिरन्तबाट त्रसित बबनकुमार को परिवार घरको खाटमुनी लुक्छन त्यसैक्रममा श्रीमतीलाई गोलिलाग्छ । घरमा आगो सल्किन्छ। श्रीमती अचेत हुन्छिन श्रीमतीलाई काँधमा राखेर छोरालाई एक हातले डोर्याउदै नजिकैको स्वास्थ्य चौकीतीर लाग्छन बाटोमा छापामारहरुले रोक्छन्  ऊ माथी अमानविय र निकै ज्यादती गर्छन । मरेको जिउदो थाहा नभयको उसको श्रीमती हिडदाहिडदै गोलीलागेको जिउदै रहेको उसको छोरालाई  भिडन्तमा मरेका छापामारहरु संगै उसको हातबाट खोसेर खाडलमा गाडिदिन्छन्।  चन्दादिदा आनाकानी गरेको र सुराकीको आसंखामा अपहरणमा  पर्छ। उसलाई कयौँ दिन भोकै पानीसमेत नदिएर शारिरिक यातना दिदै दाङ हुदै सल्यान तिर लगिन्छ । त्यहाँ पनि उ जस्तै निर्दोषहरु लाई बन्दी बनाइयको हुन्छ । एकजना महिला रक्सि बनायको निउँमा र एकजना गाउकै परस्त्री संग लसपसगरेको निहुँमा  बन्दि बनाइएको हुन्छ । उनिहरुलाई पनी कडा शारिरिक यातना प्रस्चात अमानविय तरिकाले मारिन्छ। सेनामा भर्ना हुन जान लागेको युवालाई पनी तेसरिनै मारिन्छ।अझ एक महिला मात्र भयको घरमा छिरेर उनको १४ बर्षको छोरी लाई उनकै घरमा बलत्कार गरिन्छ। कथा एस्तो बनाइयको छ की छापामारहरु लाई मान्छे मार्ने कुनै कारण चाहिदैन। एसरी छापामारहरुलाई राक्षसिकरण गरियको छ। यस्तै यस्तै परिबेशको संगै बबनकुमार लाई दाङ ,सल्यान ,सुर्खेत हुदै मङ्गलशेनको यात्रा तय गरिन्छ। मंगलसेन आक्रमण सकिय लगतै ३ महिना पछि उ रिहाई हुन्छ । यो ३ महिनाको समयमा साना तिना गल्ती भयका कयौँ निर्दोषहरुको गला रेटिन्छन , कतिको हातखुट्टा काटिन्छ ,कतिलाई भिरबाट छरार्ईन्छ, कतिलाई कुपिन्ने दहमा फ्याकिन्छ।अझ मंगलसेन युद्धमा घाइते भयको कमान्डर ससीलाई जसले बबनकुमार लाई बन्दिबनायको थियो । उसलाई  उपचार गर्दापनि ठिक नभय पछी गोली हानेर मारिन्छ।
           बबनकुमार जब अपहरण मुक्त हुन्छ । फेरि सुरु हुन्छ सरकारि सेनाको अत्याचार शाहीसेना ले उसलाई आतङ्ककारी को आरोपमा गिरफ्तार गर्छ । बिभिन्न किसीमको यातनाहरु पाउछ। शाहीसेना को अत्याचार लाई पनी उजागर त गरियको छ तर छापामार को तुलनामा कम। यहाँ एउटा सत्य बिषयबस्तु के उठान गरियको छ भने शाहीसेना र छापामारहरु बिचको द्वन्दले सर्बसाधारणले ठूला ठूला अत्याचारहरु बेहोर्नु पर्यो जो उठान गर्नु जायज छ तर पुर्वाग्रही बिना आउनु पर्थो तर भयन । हुनत जनयुद्धको क्रममा बिद्रोही पक्षबाट पनी गल्ती नभयको भने होइन जान अन्जानमा,ब्यक्तिगत स्वार्थ बोकेका, ब्यतिगत रिसीबीको आधारमा कयौँ घटना दुर्घटनाहरु भय । तथापी यसलाई बिना पुर्बाग्ररही बिषयबस्तु उजागर हुनु पर्थ्यो । जानाजान जनयुद्धलाई अपराधिकरण गर्ने भ्रष्टीकरण गर्नु जनयुद्ध र जनयुद्धको उपलब्धिमाथिको अन्याय हो। जनयुद्धमा निसर्त होमिएका योद्धाहरु ,सहिद ,बेपत्ता घाइते प्रती को अपमान हो । ऐँठनले ति तमाम योद्धाहरुको अपमान गरेको छ।
          “त्यहाका धेरैजसो मानिस बैसाखी टेकेर हिडिरहेका थिए।कसैको दाया हात त कसैको वाँयाबाट थियनन्। कसैको दुबै हातखुट्टा थियनन्। कोही हातको बलले भुईंमा घिस्रिदै थिए। कसैको कान थियनन् कसैको आखा थियनन् “
         “आजपनी ११ /१२ ओटा मात्र फट्याङ्ग्रा सिकार गर्न सके । मेरो भागमा ३ओटा फट्याङ्ग्रा राखी छोरि र गोकुललाई पनी ३/३ओटा आफुलाई २ ओटा” माथिको अंश  यस उपन्यासको अर्को पाटो  शान्तिप्रक्रिया पछिको अबस्थाको उजागर गर्न खोजियकोछ। त्यस क्रममा उल्लेखित अश हो। यहाँ पनी जनयुद्ध प्रतीको बिषबमननै देखिन्छ।  बबनकुमार जब हस्पीटल बाट भाग्छ । उ आफ्नो जनयुद्धमा छापामारहरुले खाडलमा पुरिदियको श्रीमती र छोरोलाई खोज्न थाल्छ। उसलाई लाग्छ उनिहरु जिउदैछन। जङ्गलको बाटो धेरै उकालो चडेपछि एउटा गाउँमा पुग्छ , शान्ति प्रक्रियाको १९ बर्ष पछि को त्यहाको आर्थिक सामाजिक राजनीतिक अबस्थाको उजागर गर्न खोजियकोछ। तर भ्रामकपुर्ण तवरले । जनयुद्धले सबै तहस नहस बनायकोछ । मान्छेहरु कोही सपाङ्ग छैनन मान्छेमात्र होईन पसुचौपाय समेत सपाङ्ग छैनन्। जिबन स्तर यति दैनिय छ की लगाउनलाई जुटको बोरा लगाइन्छ।  खानाको अभावमा फट्याङ्ग्रा खोजेर दिन टर्छ । के कुरा साचो हो भने जनयुद्धले  सोचेजस्तो  जनताको जिबन स्तर उठाउन सकेन तर यो स्तरमा भने होइन।  सङ्गै लडेका कोही करोडपती भय कोही रोडपती।कयौँ घाइते योद्धाहरु उपचार नपायर छटपटाई रहेछन। तर समग्रमा हिजोको भन्दा आजको जनताको स्तर माथि नै छ । जनयुद्ध कै कारण देशले राष्ट्रप्रमुखको स्थान मा महिला लाई पुर्याउन सक्यो। राजनितिक तथा प्रसासनीक ठाउमा महिला, श्रमिकसमुदाय ,मदेशी, जनजातिहरु को उपस्थिति छ।
कयौँ अपुगहरु छन । अहिले को ब्यबस्थाले पनी  देश र जनताको समस्यालाई हल गर्न सकेको छैन। फेरि देसमा क्रान्तिकारी ,अग्रगामी, समाजवादी सक्तीहरु एक हुदै नयाँ मार्ग चित्र कोर्नु पर्ने छ । अहिले सम्म को उपलब्धिको निम्ती त्याग गर्ने सक्ती भनेकै जनयुद्धमा होमिएको सक्ती हो। जनयुद्ध बहादुर हरुको इतिहास हो। त्यसको अपमान गर्ने कुरा कुनैपनी हालतमा सैह्य हुदैन । ऐँठन भाषाशैली र लेखनका हिसाबले अब्बल त होला तर  कथाको सतही उजागर गरियको जनयुद्ध प्रतीको भ्रमपुर्ण, कपोकल्पित र पुर्बाग्रही कृती हो । सजिलै भन्न सकिन्छ।

जनक सी
दाङ शान्तिनगर
३० बैशाख २०८१

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार