महान् अक्टोबर समाजवादी क्रान्तिको सन्दर्भमा नेपालमा संसदीय चुनावको उपादेयता

डेली न्युजराप्ती       २१ कार्तिक २०७९ ०७:५३ मा प्रकाशित     197 No Comments

विचार :युवराज पन्थी । लेनिनले नेतृत्व गर्नुभएको रूसी सामाजिक जनवादी मजदूर पार्टी (बोल्सेभिक) ले १९१७ मा रूसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरेको थियो, त्यसरी रूसमा महान् समाजवादी अक्टोबर क्रान्ति सम्पन्न भएको आज १०५ वर्ष पूरा भएको छ । यो अवसरमा हामीहरूले सर्वप्रथम महान् अक्टोबर समाजवादी क्रान्तिलगायत विश्व समाजवादी क्रान्ति र जनवादी क्रान्ति राष्ट्रिय मुक्ति आन्दोलन तथा सर्वहारा वर्ग, मजदूर किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्गमाथि दासप्रथा, सामन्तवाद र पूँजीवाद, विशेषतः साम्राज्यवाद र सबैप्रकारका प्रतिक्रियावादी शोषक र शासकहरूका शोषण, दमन, उत्पीडन, भेदभाव, असमान र असम्मानजनक ब्यवहारका विरुद्ध नेपाल र विश्वभरि भएका सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । उक्त सङ्घर्षमा वर्गीय र जातीय मुक्ति, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रताका लागि मार्ग प्रदर्शन गर्नुहुने महान् गुरुहरू कार्ल मार्क्स, फ्रेडरिख एङ्गेस, भ्ला. इ. लेनिन, जे. भी. स्टालिन र माओ त्सेतुङ उच्च सम्मान ब्यक्त गर्दछौं । साथै उक्त सङ्घर्षहरूमा त्याग, तपस्या र बलिदान गर्नुहुने नेपाल र सन्सारभरिका मार्क्सवादी—लेनिनवादीहरू, वर्ग सचेत सर्वहारा वर्ग, क्रान्तिकारी मजदूर, किसानलगायत सम्पूर्ण श्रमजीवी वर्गका जनसमुदायप्रति हार्दिक सम्मान ब्यक्त गर्दछौं । यो १०५ वर्षको अवधिमा विश्वमा कैयौं उतार–चढावहरू भएका छन् । रूसमा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसले मानव इतिहासमा पहिलोपटक सर्वहारा वर्ग, मजदूर किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्ग, जाति र तह र तप्काका जनसमुदायले सचेत वर्गदृष्टिकोणका साथ त्याग, तपस्या र बलिदानदेखि नडराएर सङ्घर्ष गर्न र विजय हासिल गरेरै छोड्न लागिपर्छन् भने निश्चिय नै थुप्रै दुःख र कष्ट झेल्नुका बावजूद विजय हासिल गर्छन् तथा अन्ततः सर्वहारा वर्ग, मजदूर किसानलगायत सम्पूर्ण शोषित–पीडित श्रमजीवी वर्ग, जाति र तह र तप्काका जनसमुदाय विजय हुनु अवश्यंभावी छ भन्ने शिक्षा दिएको छ ।१९१७ मा रूसमा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्तिको महत्व र शिक्षा खालि रूसका लागि मात्रै थिएन । त्यो क्रान्ति महान् लेनिनको नेतृत्वमा तथा मार्क्सवाद–लेनिनवादको क्रान्तिकारी अन्तरराष्ट्रवादी सिद्धान्तको आलोकमा सम्पन्न भएको हुनाले त्यसको राष्ट्रिय थियो । त्यसकारण उक्त क्रान्तिको नायक रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) र त्यसको विश्वदृष्टिकोण सर्वहारा अन्तरराष्ट्रवादमा आधारित हुनाले त्यसको पहलकदमी र नेतृत्वमा कम्युनिस्ट पार्टीहरूको स्थापना र सुदृढीकरण तथा कम्युनिस्ट अन्तरराष्ट्रिय, तेस्रो अन्तरराष्ट्रियको गठन र सञ्चालन गरिएको थियो । त्यसका साथै लेनिनको नेतृत्वमा रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक), अर्थात् तात्कालीन रूसी सामाजिक जनवादी मजदूर पार्टी (बोल्सेभिक) ले महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गर्दैगर्दा कम्युनिस्ट पार्टीको पहलकदमी र नेतृत्वमा सर्वहारा मजदूर र श्रमजीवी किसानलगायत सम्पूर्ण शोषित–पीडित वर्गहरू तथा जनवादी क्रान्तिकारीहरू र दृढतापूर्वक जनसमुदायको समर्थन गर्ने सेनासमेतको सहभागितामा समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्ने रणनीति र कार्यनीति अवलम्बन गरेको सोभियत राज्यसत्ता निर्माण गरेको थियो । त्यस अनुसार समाजवादी रूसी सरकारको नाम सोभियत नामाकरण गरियो । रूसी महासंघका अतिरिक्त कजाकिस्तान, युक्रैन, जर्जिया, बेलारूस, उज्बेकिस्तान, अजरबैजान, लिथुआनिया, मोल्डाभिया, ल्याटभिया, किर्घिस्तान, ताजिकिस्तान, आर्मेनिया, तुर्कमेनिस्तान र इस्टोनियामा त्यहाँका मजदूर र श्रमजीवी किसान वर्गहरू, क्रान्तिकारी कम्युनिस्टहरू, सामाजिक जनवादीहरू र समस्त साम्राज्यवादविरोधी शक्तिहरूको दृढतापूर्वक सङ्घर्ष गर्ने र विजय हासिल गर्ने अथक अठोट तथा सोभियत समाजवादी गणतन्त्रको सक्रिय नैतिक र भौतिक सहयोगमा पूँजीवादी सत्ता, विशेषतः साम्राज्यवादको जुवाबाट मुक्त भएका सम्बन्धित मुलुकहरूका जनसमुदायको आत्मनिर्णयको अधिकारसहितको आधारमा उक्त १५ ओटा राज्यहरू सम्मिलित सोभियत सङ्घको निर्माण भयो । त्यसप्रकारले वस्तुगत परिस्थिति प्रतिकूल हुँदाहुँदै पनि आत्मगत स्थितिको पूर्व तयारीको परिणामस्वरूप दोस्रो साम्राज्यवादी युद्धलाई गृहयुद्धमा बदलिएको थियो तथा चीन, उ.भियत्नाम, उ.कोरिया, पूर्वी जर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, हङ्गेरी, पोल्यान्ड, रूमानिया, बल्गेरिया तथा पछि क्युवा द.भियत्नाम, क्याम्बोडिया, लाओस, आदि मुलुकहरूमा क्रान्ति सम्पन्न गरी क्रान्तिकारी जनवादी सरकारहरू बनेका थिए । त्यसैको परिणामस्वरूप विश्व समाजवादी शिविर निर्माण भयो । साम्राज्यवादी सैनिक गठबन्धन, नाटो, सीटो सेन्टो, आदि तथा साम्राज्यवादी युद्ध र हस्तक्षेपका विरुद्ध सशक्तरूपमा प्रतिकार गर्नका लागि वार्सा सैनिक गठबन्धन पनि बन्यो । त्यही विश्व समाजवादी शिविरको सशक्त उपस्थितिको पृष्ठभूमिमा उपनिवेशवाद, साम्राज्यवाद र विश्व प्रतिक्रियावादको विरुद्ध देशहरूको स्वाधीनताको आन्दोलन सफल बनाउन, राष्ट्रिय–मुक्ति आन्दोलनको उभार ल्याउन र जनवादी एवं समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि अनुकूूल परिस्थिति निर्माण गर्न सम्भव हुँदैगयो । साम्राज्यवाद पतोन्मुख हुँदै गएको आभास देखिनथाल्यो । तर जसै उपनिवेशवाद, साम्राज्यवाद र विश्व प्रतिक्रियावादले राष्ट्रिय–मुक्ति आन्दोलनको उभार तथा जनवादी एवं समाजवादी क्रान्तिको ज्वार रोक्नका लागि स्वयं असमर्थ हुँदैगएको पाए, तसै उनीहरूले आप्mना रणनीति र कार्यनीति बदले तथा शान्ति, प्रजातन्त्र र गरीब, अविकसित र पछाडि परेका मुलुकहरू र त्यहाँका जनसमुदायका लागि सहयोगको नाममा विभिन्न मुलुकहरूमा घुसपैठ गर्ने एवं प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हस्तक्षेप गर्ने, सम्बन्धित मुलुकहरूमा सत्तामा रहेका वा सत्ताभन्दा बाहिर रहेका भए पनि गद्दार, दलाल र अवसरवादी कुतत्वहरूलाई आप्mनो पक्षमा खडा गर्ने तथा त्यसप्रकारकासाम्राज्यवाद र विस्तारवादका दलाल बनाउँदै “फुटाऊ र शासन गर”को नीति अवलम्बन गर्ने गर्नथाले । त्यसका उदाहरणहरू हुन् ः युगोस्लाभियाली टीटो र रसियाली ख्रुश्चोभ, गोर्वाचोभ, आदि । त्यसले गर्दा युगो स्लाभिया र सोभियत सङ्घको रङ्ग बदलियो । ती मु्लुकका पार्टी र सरकारहरूले संशोधनवाद, राष्ट्रिय विखण्डनवाद र विसर्जनवादको बाटो अवलम्बन गरे । त्यसको परिणामस्वरूप सोभियत सङ्घमा समाजवादको अन्त्य भएर पूँजीवादको पुनस्र्थापना भयो, सोभियतसङ्घ सामाजिक साम्राज्यवादमा पतन भयो र अन्ततः स्वयं सोभियत सङ्घको विघटन भयो । त्यसैगरी नै युगो स्लाभियामा पनि पूँजीवादको पुनस्र्थापना भयो र अन्ततः त्यसको विघटन भयो । त्यसबाट नकारात्मक शिक्षा लिएर चीनमा माओको नेतृत्वमा सरकार र पार्टीको नेतृत्व हत्याउँदै गइरहेका, साम्राज्यवादको दलाली एवं राष्ट्रिय र सैद्धान्तिक गद्दारी तथा ंसंशोधनवादी एवं पूँजीवापन्थी सैद्धान्तिक र राजनैतिक विचार भएका, ठग, भ्रष्टाचारी र कमिसनखोर पूँजीवादपन्थी तत्वहरूका चाल–चलन, आनीवानी र रीतिस्थिति तथा साहित्यिक, वैचारिक नीति, संस्कार, संस्कृति, आदि ब्यवहारहरूको भण्डाफोर एक दशकसम्म महान् सर्वहारा सांस्कृतिक क्रान्ति समाजवादी र जनवादी क्रान्ति तथा राष्ट्रिय मुक्तिआन्दोलनको जुन उभारआउँदै थियो, माओको मृत्युको लगत्तै चीनमा भएको पूँजीवादको पुनस्र्थापनाले त्यो ओइलाएकोजस्तो छ र साम्राज्यवादीहरूका साथै दलाल र नोकरशाही पूँजीपति वर्ग हैकम फेरि बढ्दैगइरहेको छ । उपर्युक्त पृष्ठभूमिमा नेपालमा साम्राज्यवादवादीहरू र सबैखाले प्रतिक्रियावादीहरूले साम्यवाद मरिसक्यो भनिरहँदा गद्दार, दलाल, नोकरशाही तत्वहरूका साथै विभिन्नखाले अवसरवादी तत्वहरूले साम्राज्यवादको चरित्र परिवर्तन भएको हुनाले सामान्यतः संसारैभरि तथा विशेषतः नेपालमा राजतन्त्रको अन्य भएर गणतन्त्र स्थापित भएको पृष्ठभूमिमा समाजवादी र जनवादी क्रान्ति तथा राष्ट्रिय मुक्ति आन्दोलनको आवश्यकता, औचित्य र महत्व समाप्त भएको वा अबउप्रान्त राजनैतिक सङ्घर्ष समाप्त भएको घोषणा गरिरहेका छन् । उनीहरूले के पनि घोषणा गरेका छन् भने एकपटक स्थापित भएर मरिसकेको वा औचित्व, महत्व र आवश्यकता समाप्त भएको साम्यवादी क्रान्तिको सम्भावना रहेको छैन । साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले जनसमुदायलाई प्रजातन्त्र, मानव अधिकार र वार्ताबाट समस्या हल गर्ने सामाजिक प्रणाली अबलम्बन गर्न जोड दिन्छन् भने नाटो संधि सङ्गठन, इण्डो–प्यासिफिक रणनीति अन्तरगत उनीहरूका शत्रु–मुलुकहरू वा राजनैतिक, आर्थिक, सास्कृतिक, आदि क्षेत्रमा उनीहरूका नीतिहरूको समर्थन नगर्ने प्रतिस्पर्धी पक्षहरूमाथि प्रत्यक्ष वा अप्रत्यक्षरूपमा हस्तक्षेप, धम्की–ध्वाँस, आदिद्वारा दमन गर्ने कसरत गर्दछन् । उदाहरणार्थ, एम सि.सी को अनुमोदनको प्रश्न होस् वा यस.टि.पी.मा सहभागी हुने प्रश्न होस् ।यतिबेला नेपालमा संघीय संसद् र प्रादेशिक संसद्को चुनावको सरगर्मी बढेको छ । यो चुनावमा एकातिर, सत्ताधारी गठबन्धन छ त्यसले पाँच दलीय गठबन्धनको हार हुनु भनेको गणतन्त्र र वर्तमान संविधानको हार हुनु हो भनेर बताइरहेको छ भने अर्कातिर, एमालेको नेतृत्वमा बनेको गठबन्धनले एमालेको हारले नेपाली भूमिमाथि अतिक्रमणको खतरा बढ्ने तथा राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षामाथि आँच आउने, विकासको दृष्टिकोणले नेपालको विकास अवरुद्ध हुनु हो भनेर बताइरहेको छ । नेपालको समसामयिक राजनैतिक शक्ति सन्तुलन उक्त दुई गठबन्धनको वरिपरि रहेको वर्तमान घडीमा दुवै गठबन्धनको घोंडा दौड खालि एकअर्काको खण्डन, आलोचना र भण्डाफोरमा मात्र सीमित नरहेर साम्राज्यवाद र शक्ति राष्ट्रहरूको दलाली र चाकडीमा बढीभन्दा बढी केन्द्रित हुँदैगइरहेको तथ्य एमसिसीको सम्बन्धमा उनीहरूको भूमिकाले मात्र पनि स्पष्ट गर्दछ । लेनिनले संसदीय प्रणालीलाई बोकोको टाउको देखाएर कुकुरको मासु बिक्री गर्ने प्रणाली, अर्थात् देश र जनताको सर्वतोमुखी विकासको कुरा गर्ने तर ब्यवहारमा सकेसम्म देश र जनसमुदायको दोहन गर्ने र शक्ति केन्द्रको सामु “लो प्रभु, जो हुकूम” भनेर लम्पसिार पर्ने, कुरा माक्र्सवाद–लेनिनवाद र समाजवादको गर्ने तर ब्यवहारमा विलफ्रेडो परेटोको फासीवादलाई आत्मसात गर्ने, कुरा प्रजातन्त्र, मानव अधिकार, शान्ति र समृद्धिको गर्ने तर काम भने राष्ट्रघात, भ्रष्टाचार, कमिसनखोरीजस्ता तीवथरी विनाशकारी हतियारबाट देश र जनसमुदायको स्वत्व समाप्त गर्ने प्रणालीको रूपमा चित्रित गर्नुभएको थियो । लेनिनको उक्त विश्लेषण राजनैतिक पार्टी वा सङ्गठनहरूमा हुबहु लागू हुन्छ । त्यस अर्थमा अहिलेको चुनावमा यो वा त्यो जसलाई भोट दिए पनि त्यो भोटले अमेरिकी साम्राज्यवादको रणनीतिक उद्देश्य, भारतीय साम्राज्यवादको रणनीतिक स्वार्थ वा अन्य कुनै साम्राज्यवादी शक्तिको स्वार्थको पृष्ठपोषण गर्ने हुन्छ । त्यसकारण नेपालका देशभक्त, जनतान्त्रिक र वामपन्थी कम्युनिस्टहरूको कर्तब्य संसदीय प्रणालीको बहुमतको शासनको कुरा नितान्त अल्पमतको सरकार बनाउने तर ब्यवहारमा बहुसंख्यक जनसमुदायमाथि अधिनायकवादी डण्डा चलाएर पूँजीवादी शोषण, दमन र उत्पीडनलाई निरन्तरता दिने पद्धतिलाई उजागर, जनप्रतिनिधिको नाममा नेपाल राज्यलाई शक्तिकेन्द्रको चलखेल ब्यापक बनाउने तथा कमिसनखोरि र भ्रष्टाचारको देशब्यापी प्रवृतिको भण्डाफोर गर्नु आवश्यक छ र त्यसका लागि यो चुनावमा दिन्नौं हामी भोट No Vote अभियानलाई तीव्ररूपले अगाडि बढाउनुपर्दछ । नेपालमा तात्कालिक परिस्थितिमा परिवर्तनको आधार र जनताको अधिकार No Vote अभियान हुनसक्दछ । त्यसकारण No Vote अभियान अगाडि बढाऔं ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार