आइसिसी टी–२० विश्वकप:१० वर्षपछि बिश्वकपमा पुगेको नेपाल नेदरल्यान्ड्संग भिड्दै

डेली न्युजराप्ती       २२ जेष्ठ २०८१ ०७:३९ मा प्रकाशित     172 No Comments

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । यी दुई टिमबीचको प्रतिस्पर्धा राति ९ः१५ देखि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा सुरु हुनेछ ।  

विश्वकप २०२४ मा नेपाल र नेदरल्याण्ड्स आफ्नो पहिलो म्याच खेल्न लागेका हुन् । यी दुई टोली जित हात पार्दै उत्कृष्ट सुरुवात गर्ने मनसायमा छन् । नेदरल्याण्ड्स छैटौँ तथा नेपाल दोस्रोपटक विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । 

नेदरल्याण्ड्सले गत संस्करणको विश्वकप पनि खेलेको थियो । जहाँ उसले उत्कृष्ट प्रदर्शन गर्दै सुपर टुबेलको यात्रा गर्‍यो । नेदरल्याण्ड्सले विश्वकप २०२२ मा दक्षिण अफ्रिकालाई समेत हराएको थियो । ऊ यसपटक पनि बलियो टिमलाई हराउँदै दोस्रो चरणमा पुग्ने दाउमा छ । 

यता १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाल उत्कृष्ट नतिजा निकाल्ने योजनामा छ । राम्रो सुरुवात गर्न नेदरल्याण्ड्सविरुद्ध नेपाललाई जित अत्याश्यक छ । किनकी बाँकी रहने तीन खेल नेपालका लागि झन् चुनौतीपूर्ण हुनेछन् ।

हेड टु हेड नतिजा हेर्दा नेपाल र नेदरल्याण्ड्सबीच कडा टक्कर देखिएको छ । यी दुई टिम हालसम्म १२ टी–२० आईमा एकअर्कासँग खेलेका छन्, जसमा नेदरल्याण्ड्सले ६ र नेपालले ५ खेल जितेको छ । यी दुई टिमबीचको एक खेल भने वर्षाका कारण रद्द भएको विगत । 

विश्वकपमा भने नेपाल र नेदरल्याण्ड्स पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।  नेदरल्याण्ड्सविरुद्धको अधिकांश जित नेपालले घरेलु मैदानमा हात पारेको छ । नेपालसामु यसपालि नेदरल्याण्ड्सविरुद्ध विदेशी भूमिमा पनि जित निकाल्ने मौका छ । 
डच टिमविरुद्ध खेल्ने मैदानमा नेपालले गत सोमबार क्यानडासँग वार्मअप म्याच खेलेको थियो । जसकारण नेपाललाई यो मैदानको पिच कन्डिसनबारे बढी जानकारी हुनसक्छ, त्यसको फाइदा उठाउँदै नेपालले नेदरल्याण्ड्सलाई हराउन सक्छ ।   

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार