तुलसीपुर, २४ असार। दाङको तुलसीपुरमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन् ।
सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयो।
उहाँका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन् । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.