विप्लवको चर्चा चुलिँदै, पुर्वगभर्नर रावल विप्लव भेट्न निवासमै पुगे!

डेली न्युजराप्ती       १७ भाद्र २०८१ १४:३३ मा प्रकाशित     288 No Comments

शेरबहादुर विश्वकर्मा

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवसङ्ग पूर्वगभर्नर डाक्टर तिलक रावलले भेटघाट गरेका छ्न। आइतबार ललितपुरको हरिसिद्दीस्थित महासचिव विप्लवको निवासमा गभर्नर रावलको विप्लवसङ्ग भेटवार्ता भएको हो।

देशको परिस्थिति र आर्थिक स्थिति लगायतका बिषयमा भेटवार्ताको क्रममा कुराकानी भएको थियो।कुराकानीको क्रममा पूर्वगभर्नर रावले देशको अर्थतन्त्र दिनप्रतिदिन नकारात्मक दिशामा धकेलिदै गएको,रेमिटेन्सको कारण बिदेशी सञ्चितिको अवस्था बढेको देखिए पनि बैंकहरुमा पैसा थुदै थुप्रिदै जाने तर कर्जाको माग बढ्न नसकेको, आन्तरिक राजश्व लक्षअनुसार उठ्न नसकेर चालू खर्चसमेत आन्तरिक श्रोतले धान्न नसक्ने अवस्था आउनु देशका लागि गम्भीर बिषय भएको बताए ।

कुराकानीको क्रममा रावलले रेलको लिकबाट बाहिर गएको अर्थतन्त्रलाई लयमा ल्याउन र भ्रष्टाचार विरुद्ध निर्ममतापूर्वक काम गर्न नेपाल कम्युनिस्ट पार्टीले प्रमुख एजेन्डा बनाएर अघि बढ्न सुझाव समेत राखेका थिए।

भेटवार्ताको क्रममा महासचिव विप्लवले अहिलेको आर्थिक वेथितिका पछाडि विद्यमान राजनीतिक प्रणाली अन्तरसम्बन्धित रहेको,आफुहरु उक्त समस्या समाधान गर्न संरचनागत रुपमा समेत परिवर्तन गर्न अगाडि बढिरहेको बताए ।त्यस्तै महासचिव विप्लवले आफुहरु कृषि क्षेत्रमा सामुहिक ढङ्गले उत्पादनका कामलाई देशव्यापी सञ्चालन गरिरहेको,अब उद्योग र व्यापारका कामलाई अगाडि बढाउन आर्थिक मामलाका जानकारहरुको सुझाव लिन चाहेको उल्लेख गरेका थिए।

देशको अस्थिरता,दलहरू र तिनका नेताहरूप्रति नागरिकको चरम असन्तुष्टि र अबिश्वास, युवाहरूको बढ्दो बिदेश पलायन लगायत आर्थिक र समसामयिक राजनीतिक परिस्थितिबारे समेत भेटवार्ताको क्रममा कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार