जन्मदिनको अवसरमा सहायक प्रअ शर्माद्वारा अति विपन्न बिरामीलाई आर्थिक सहयोग

डेली न्युजराप्ती       २० भाद्र २०८१ ०६:४४ मा प्रकाशित     116 No Comments

भदौ १९,दाङ ।
तुलसीपुर स्थित ग्रेट अरनिको बोर्डिङका सहायक प्रधानाध्यापक कमलप्रकाश शर्माले जन्मदिनको अवसरमा अति विपन्न बिरामी आर्थिक सहयोग गर्नुभएको छ ।
उहाँले तुलसीपुर उपमहानगरपालिका ५ स्वर्गद्वारी टोल मा बसोबास गर्दै आउनुभएकी वर्ष ३५ कि कमला ओलीलाई नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

रुकुम खारा घर भई हाल तुलसीपुर उपमहानगरपालिका ५ स्वर्गद्वारी टोलमा बसोबास गर्दै आउनुभएकी ३५ वर्षिय कमला ओली केही वर्ष अगाडि बाट मुटु र फोक्सोको समस्या भई बिरामी परेर थला परिरहेको अवस्थामा यतिबेला सयपत्री दोहोरी घरका सल्लाहकार ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा अहिले काठमाडौँको वीर अस्पतालमा उपचार भइरहेको दोहोरी घरका सञ्चालक दिपक वलीले जानकारी दिनुभयो ।

२२ वर्षको उमेरमा पति गुमाएकी क्मला वलीको ११ वर्षको छोरा मात्रै छन् ।
उपचार गर्दागर्दै आफुसंग भएको सबै सम्पती सकिएको , अझै थप ऋण समेत बेहोर्नुपरेकाले उपचारमा सहयोग गरिदिन सबैलाई अपिल समेत गर्नुभएको छ ।

सहायक प्रअ शर्मा विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार