जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य, वरिष्ठ पत्रकार पाण्डेको निधन

डेली न्युजराप्ती       २८ भाद्र २०८१ २०:१० मा प्रकाशित     140 No Comments

काठमाडौं – जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य तथा बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको असामयिक निधन भएको छ । बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा उनको निधन भएको हो ।

जापानिज इन्सफलाइटिस रोगबाट पीडित पाण्डेको त्रिभूवन शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । ६५ बर्षिय पाण्डेको उत्थान साप्ताहिकको सम्पादक तथा प्रकाशकका रुपमा कार्यरत थिए ।

पाण्डे ४० वर्षदेखि नेपालको वामपन्थी राजनीति, जनपक्षीय पत्रकारिता र प्रगतिवादी समालोचनाका क्षेत्रमा प्रखर, निर्भिक, अविचलित र सम्मानित प्रतिभा मानिन्छन् ।

पाण्डे जनयुद्धका महान सहिद सुरज पाण्डेको बुवा हुन् । रुचिले वामपन्थी राजनीति र पेशाले जनपक्षीय पत्रकारिता अँगालेर अगाडि बढेका पाण्डेकाे नेपालको विभिन्न राजनीतिक आन्दाेलनमा याेगदान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार