नेकपा दाङ द्वारा नेता वीरजंङ्गको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

डेली न्युजराप्ती       १० कार्तिक २०७८ २२:१७ मा प्रकाशित     509 No Comments


दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द(वीरजङ्ग)को स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेकपा दाङले पार्टीका केन्द्रिय सदस्य नेता वीरजङ्गको १३औ दिनको स्मृतिमा जिल्लाका विभिन्न पालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।

२०१७ साल फागुन ७ गते रोल्पाको इरिवाङमा जन्मेका चन्द्रबहादुर चन्दको स्वास्थ उपचारकै क्रममा २०७८ साल असोज २८ गते मृत्युु भएको थियो । नेता वीरजङ्गको असामायिक निधनले क्रान्तिमा अतुलनीय क्षति पुगेको जिल्ला पार्टी कार्यालय सदस्य एवम घोराही उपमहानगरपालिकाका इन्चार्ज तिलकले नगरले आयोजना गरेको श्रद्धाञ्जलीमा कार्यक्रममा बताउनुभयो।
दाङ जिल्ला अन्तर्गतका बिभिन्न पालिकामा आयोजित श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले शोकलाइ शक्तिमा बदलेर कमरेड वीरजङ्गले देखेका क्रान्तिका बाकी अधुरा कार्यभार पूरा गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार