कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीमा विभिन्न रोगको विशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन सम्पन्न गरिएको छ ।
कार्यक्रम जनस्वास्थ्य सेवा केन्द्रका अध्यक्ष बिनोद लुइँटेलको अध्यक्षतामा तथा नेकपाका महासचिव बिप्लव सीको प्रमुख आतिथ्यतामा सप्पन्न स्वास्थ्य शिविर कार्यक्रममा नेकपाका स्थायी कमिति सदस्य सन्तोष बुढा मगर,लुम्बिनि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा,महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अब्दुल कलाम,कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेल ,विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, लुम्बिनि प्रादेशिक अस्पतालका मे. सु. डा. इन्द्र ढकाल, जिल्ला अस्पताल कपिलवस्तुका मे सु डा राकेश शाह, डा, मिलन अधिकारी, डा सन्तोष घिमिरे , डा नबिन तिरुवा, डा सुनिल कुमार चौधरी लगायत बिभिन्न राजनितिक दल नेकपा एमाले, नेपाली काङ्ग्रेस ,नेकपा माओवादी लगायत अन्य अतिथिहरुको पनि विशेष उपस्थिति रहेको थियो ।
शिवगढीमा विशेषज्ञ डाक्टरको अभावमा कयौं रोगका बिरामीहरु उपचार गर्न , बुटवल, भारत, काठमाडौं जानुपर्ने बाध्यता छ ।
शिबिरमा हाडजोर्नी तथा नसा रोग, प्रसुती तथा स्त्रीरोग, जनरल फिजिसीयन सम्बन्धि सेवा राखिएको थियो ।
त्यस्तै ओएनएफ एस (मुख स्वास्थ्य सम्बन्धी), भिडियो एक्सरे, नाक, कान घाँटी, दिर्घकालिन दुखाई तथा एनेस्थेसीया कृटीकल, फिजियोथेरापी पुर्नस्थापना लगायतका सेवा प्रदान गरिएको थियो । शिबिर शिवगढीका बिभिन्न स्थानसँगै छिमेकी वडाका नागरीकहरुको लागि लक्षित गरेर आयोजना गरिएको थियो ।
शिवगढी नगरवासीले स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अनेत्र गएर चेक जाँच गर्न नपाएका नागरीकहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको आयोजक टिमले जनाएको छ । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको छ ।
यही सेवा लिन भारत, बुटवल, काठमाडौंसम्म पुग्नुपर्ने बाध्यतामा रहेकाले अहिले गाउँमा नै बिशेषज्ञ डाक्टरहरुसँग चेकजाँच गराउन पाउदा बिरामीहरुले खुसी थिए ।
शिविरमा निःशुल्क औषधी वितरण, ल्याब सेवा पिसाब, सुगर जाँच, ईसिजी, सेवा प्रदान गरिएको हो ।
उक्त स्वास्थ्य शिविरमा बोल्दै नेकपाका महासचिव विप्लव सीले जनताको मेहनत द्वारा निर्माण गरिएको र जनताका विभिन्न प्रतिनिधी संस्थाहरु सरकारी निकायहरु र विभिन्न देशमा रहेका सहयोगी मनका खानि नेपाली दाजुभाईहरुको सहयोग बाट निर्माण गरिएको जनस्वास्थ्य सेवा केन्द्रले यो स्वास्थ्य शिविर पहिलोपटक आयोजना गरेको हो । यो आजको एक दिने शिबिर मात्रै हो । अब चाडै नै यो हस्पिटललाई चाडै नै निर्माण गरी औपचारिक रुपमा फेरी उद्घाटन गरि आफ्नै ठाउँ गाउँ बाट सेवा दिने बताएका छन ।
लुम्बिनी प्रादेशिक हस्पिटलका मेसु डा. इन्द्र ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई यो एक दिने निशुल्क स्वास्थ्य शिबिरमा यहाँका बिरामीलाई सेवा दिने अबसर दिएकोमा धन्यबाद साथै खुशी पनि व्यक्त गर्दै आभार प्रकट गरेका छन।
राज्य रुपान्तरणको क्षेत्रमा शिवगढी लागेको र राज्यले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिएकोमा बिकट ठाउमा स्वास्थ्य शिबिर गरेर सेवा प्रदान गरेकोमा खुशीसमेत व्यक्त गरेका छन । यो शिविरबाट उपचारको लागि बाहिर जाने बिरामिलाई लुम्बिनी प्रादेशिक हस्पिटलले उपचार गर्ने पनि बताएका छन।
कार्यक्रम अध्यक्षता बिनोद लुईटेलको र कार्यक्रम सन्चालन शुस्मा सी र स्वागत भोज बहादुर बिक को रहेको थियो भने उक्त शिविरबाट ६७९ जनाले सुबिधा लिएका छन ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.