तुलसीपुरमा जनयुद्धको झल्को दिने सामनाको अपेरा,दंगिशरणमा सांस्कृतिक साँझ

डेली न्युजराप्ती       १५ बैशाख २०८२ ०८:४९ मा प्रकाशित     146 No Comments

हेमन्तप्रकाश वली ।
बैशाख १४,तुलसीपुर ।
दाङको तुलसीपुरमा जनयुद्धको झल्को दिनेगरी सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।
सामना सांस्कृतिक परिवारले शनिबार तुलसीपुरको समिक्षालयको प्राङ्गणमा समाजवादका लागि सांस्कृतिक अभियान अन्तर्गत उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रमका लागि सजिएको मञ्चमा जनवादी कलाकार आरोह नेपाली हातमा झोला , घाँटीमा बेरेर हँसिया हथौडा अंकित झण्डा बोकेर ‘आउँछ्न यादहरु’ गित गुनगुनाउदै प्रस्तुति दिन थाले । दर्शकको आँखा मञ्चबाट दायाँबायाँ हुने स्थिति बनेन ।

‘कम्ब्याट ड्रेससहित हातमा हतियार बोकेका एक हुल मान्छे मञ्चमा निस्किए । आरोह घाइते बने , साथमा रहेका सहकर्मीले उनको घाउँमा मल्हमपट्टि गर्न थाले । अपेराका दृश्यहरु चल्दै गए । त्यतिकैमा जनयुद्ध बखतको जस्तो फायरिङ सुरु भयो । माओवादीले एक महिला योद्धा गुमायो ’

यो कुनै फिल्म होइन , काल्पनिक कथा पनि होइन् । यो तत्कालीन जनयुद्धको यथार्थता हो तर आज सामनाको अपेरा हो ।

अपेराको समाप्तिपछि दर्शकका आँखा रसाए , मनहरु भक्कानिए । पुराना दिनहरु सबैले सम्झिए।

मञ्चमा वरिष्ठ जनवादी कलाकार माइला लामाले भावुक हुँदै भने– ‘हामिले कहिल्यै भुल्न सक्दैनौं यी दिनहरु , यी मानसपटलमा दिनहुँ राज गर्ने दृश्यहरु हुन् । आज माओवादीहरु चिराचिरा भएका छौँ । माओवादी फुटेको जनतालाई मन परेको छैन् । तर माओवादीले जनताको अपेक्षाको काम गर्न नसक्नुले जनताले माओवादीप्रती बिश्वास गर्न छाडेको पनि सत्य हो । अब एकतावद्ध हुने बेला आएको छ तर एउटै सर्त हो समाजवाद । समाजवादका लागि माओवादी , कम्युनिस्ट , बामपंथी , सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु मिल्नुपर्ने बेला आएको छ ।’

कार्यक्रममा लामाले माओवादी आन्दोलनलाई हिंसावादी भन्नेहरुको हिसाबकिताब इतिहासले गर्ने चेतावनी दिए ।

उनले भने – ‘यो मुलुकमा बन्दुक उठाउने माओवादी तेस्रोमा पर्छ । बन्दुक बोक्ने पहिलो काँग्रेस हो , दोस्रोमा एमाले हो । माओवादीलाई हिंसावादी भन्नेहरु आफू को हुन् ? जनताले ऐतिहासिक जनयुद्धलाई अपमान होइन् , सम्मान गरेका छन् । तर जनयुद्धका लक्ष्यहरु पूरा भएका छैनन् , अहिलेको गणतन्त्रमा दलाल पुजीवादले पलेटी कसेर बसेको छ । अबको आन्दोलन समाजवाद प्राप्तीको आन्दोलन हो । हामी सांस्कृतिक मोर्चाबाट त्यसको नेतृत्व गर्छौं ।’

कार्यक्रममा आफ्नो पछिल्लो ‘ओ गणतन्त्र’ गितको अंश गाउँदै मञ्चमा आए वरिष्ठ जनवादी गितकार मणि थापा।

मणि थापा त्यही नाम हो जो जनयुद्धको कुशल सैन्य कमान्डर हुँदै नेपाल सरकारको मन्त्रालय सम्मको जिम्मेवारी सम्हालेका जनताका कलाकार हुन् ।

गणतन्त्र तिम्रा निम्ति हामिले बन्दुक बोकेका हौं , गितको अंश लिँदै थापाले थप भने ‘ गणतन्त्रले न्याय , समानता , प्रगति दिएन । गणतन्त्रबाट अन्याय , राष्ट्रघात चाहेका होइनौं । तिम्रो निम्ति लड्न , बलिदान दिन तयार छौँ ।’

नेता थापाले माओवादी आन्दोलन पुनर्गठन गरि नयाँ पुस्तामा नेतृत्व दिनुपर्ने धारणा व्यक्त गरे ।
उनले नेकपाका महासचिव विप्लवको कदमलाई सकारात्मकता सन्देश दिए ।

देश दिनप्रतिदिन झन बढी झन बर्बादीतिर गएकाले यसको निकास समाजवाद भएको समेत जिकिर गरेका हुन् ।

यस्तै सामना परिवारले आयोजना गरेको कार्यक्रममा सामनाका कलाकारले विभिन्न जनवादी गित , नृत्य , नाटक मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

समाजवादका लागि सामना सांस्कृतिक परिवारको बृहत सांस्कृतिक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज सन्तोष सी , नेकपाका केन्द्रीय सदस्यहरु , नेकपा माओवादी केन्द्रका नेताहरु , विभिन्न राजनीति दलका नेताकार्यकर्ता , जनप्रतिनिधि , बुद्धिजीवी , उधोगी , व्यापारी , युवा-बिद्यार्थीको उपस्थिति रहेको थियो ।

दंगिशरणमा सांस्कृतिक साँझ:
सामना सांस्कृतिक परिवारले दंगिशरणको मौलीमा शनिबार नै सांस्कृतिक साँझ मार्फत सांस्कृतिक एवम सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेको छ ।
दंगिशरण-४ मौलीमा थारु समुदायको बाक्लो उपस्थितिमा सामनाले विभिन्न नृत्य , गितसंगित , अपेरा प्रस्तुत गरेको हो ।

उक्त सांस्कृतिक साँझमा वरिष्ठ जनवादी कलाकार एवम नेकपाका पिबिएम माइला लामाले मौली गाँउले जनयुद्धमा माओवादीलाई हुर्काएको सम्झिए ।

उनले भने – ‘यो वस्तीमा हामिलाइ तपाईंहरुले आफ्नो भागको खाना कटाएर हुर्काएको हो । हामी नसुतेको , नखाएको यहाँ कुनै घर छैन् । यो गाउँले जनयुद्धमा बलिदान गरेको छ , त्याग गरेको छ , महान समर्पण गरेको छ । हामी यो गाउँलाई कहिल्यै भुल्न सक्ने छैनौं । हामिले जे भनेर लडेका थियौं त्यो पूरा भएको छैन् । अन्याय , थिचोमिचो , अत्याचार , विभेद कायम नै छ । जनयुद्धको मुल नेतृत्व बिचलनमा फस्यो , हामी चुकेकै हो तर हामीबाट धोका भएको छैन् , हामी लड्दै छौँ । नेपाली बिशेषताको समाजवादबाट जनयुद्धका अधुरा कार्यभार पूरा हुनेछन् , एकपटक पुनः साथ चाहिएको छ। समाजवादी क्रान्तिको नेतृत्व हामिले गरेका छौँ ।’

यस्तै कार्यक्रममा पुर्व खानेपानी मन्त्री एवम वरिष्ठ जनवादी गितकार मणि थापाले संसदवादबाट मुलुकले प्रगती गर्न नसक्ने बताए ।

नेता थापाले अब मुलुकको नेतृत्व नयाँ विचार सहितको नयाँ नेतृत्वले गर्नुपर्ने बताउँदै पुराना फेल भइसकेका नेताहरुले विश्राम लिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमको सहजीकरण नेकपाकी केन्द्रीय सदस्य एवम दंगिशरण गाउँकमिटी इन्चार्ज जिवनी सीले गरेकी थिइन्।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार