विप्लवको जरुरी छैन्,आफ्नो तरिकाले गरे हुन्छ:माओवादी नेता बलदेव

डेली न्युजराप्ती       ६ भाद्र २०८२ १६:२४ मा प्रकाशित     1303 No Comments

हेमन्तप्रकाश वली ।
भदौ ५,दाङ । नेकपा
(माओवादी केन्द्र)का सचिव चक्रपाणी खनाल (बलदेव)ले माओवादीहरुबिचको एकता भाँड्ने अभिव्यक्ति दिएका छन् ।
बिहिवार हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेता बलदेवले नेकपाका महासचिव विप्लवको जरुरी नभएको र आफ्नो तरिकाले गरे हुने बताएका हुन् ।

अन्तर्वार्ताको क्रममा उनले भने– ‘विप्लव जीको पनि जरुरी छैन्, बहस चलोस । गरे हुन्छ आफ्नो तरिकाले ।’

यस्तै माओवादी नेता बलदेवले नेकपाको उत्पादन नितिको पनि व्यंग्य गरेका छन् ।
पुर्व कृषिमन्त्री समेत रहेका नेता बलदेवले नेताहरुले श्रम गर्न नपर्ने आशयको धारणा व्यक्त गरेका हुन् ।

अन्तर्वार्ताको क्रममा उनले भने – ‘ आलु लगाएर बसेका छन् । किसानले लाउछन नि आलु । सरकारको नेतृत्व गर्छु भन्ने पार्टीको नेताले खने भन्दैमा अरुले पो मान्लान , हामिलाई जरुरी छैन् ।’

नेकपाको उत्पादन कार्यबाट सिंगो देश उत्साहित भइरहेका बेला माओवादी नेता बलदेवले भने यसको कटाक्ष गरेका छन् ।
कम्युनिस्टहरु अनिवार्य श्रममा जोडिनुपर्छ भनेर स्कुलिङ दिने नेता बलदेवले नेकपाको उत्पादन नितिको समेत खिसिट्युरी गरेका हुन् ।

यता केहि समयअघि माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताएका थिए ।
तर नेकपाले भने माओवादी केन्द्रको यो निर्णयलाई हावामा तिर हानेको अभिव्यक्ति दिएको थियो ।

नेकपाका प्रवक्ता प्रकाण्ड सीले यो निर्णयलाई हावामा तिर हानेको संज्ञा दिएका हुन् ।
माओवादी केन्द्रले एकता जस्तो महत्वपूर्ण बिषयको आधिकारिक निर्णय समेत गरेको थिएन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि माओवादीहरुबिचको एकताको निर्णय माओवादी केन्द्रको निर्णयभन्दा झण्डै १० महिनाअघि कपिलवस्तुमा बसेको पार्टीको केन्द्रीय समिति बैठकबाट गरेको थियो ।

तर माओवादी केन्द्रको एकता सम्बन्धिको बुझाई र उदासिनता देखेपछि विप्लव पछिल्लो समय माओवादी केन्द्रसंग तत्काल एकता सम्भव नरहेको तर समाजवादी मोर्चामा सहकार्य गर्नुपर्ने निष्कर्षमा पुगेका थिए ।

माओवादी केन्द्र र नेकपाबिचको एकताको प्रसंग चलिरहेका बेला माओवादी केन्द्रका सचिव बलदेवको टिप्पणीले एकपटक पुनः राजनीति तातिएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता बलदेवको टिप्पणीले माओवादी केन्द्र नै एकताको बाधक हो भनेर बुझ्न सकिने जानकारहरु बताउछन् ।

माओवादी केन्द्रका सचिव बलदेवको टिप्पणीको उनकै पार्टीका नेताकार्यकर्ताहरु चर्को बिरोधमा उत्रिएका छन् ।

उनीहरुले सामाजिक संजाल फेसबुक मार्फत नेता बलदेवको टिप्पणी माओवादीहरुबिचको एकता भाँड्ने टिप्पणी रहेको आरोप लगाएका छन् ।

यस्तै माओवादी नेता बलदेवको टिप्पणीले नेकपाको पंक्तिलाई पनि शसंकित बनाएको छ ।

नेकपाका कार्यकर्ताहरुले माओवादी केन्द्रका सचिव बलदेवको टिप्पणी पुजीवादीहरुको भन्दापनि निम्नस्तरको भएको बताएका छन् ।
उनीहरुले सामाजिक संजालमा सत्तामा पुगेर सुन तस्करी गर्नेहरुलाई आत्मनिर्भर उत्पादन निति , आर्थिक के थाहा भन्दै व्यंग्य समेत प्रहार गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य सविन सी

यस्तै माओवादी नेता बलदेवको टिप्पणीप्रति नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले श्रम र उत्पादनको निति नबुझ्ने टिप्पणीलाई जोकरले गर्ने टिप्पणीको संज्ञा दिए ।

डेलिन्युजराप्तिसंग फोन संवाद गर्दै उनले भने– ‘यो मुलतः दृष्टिकोणको समस्या हो । सत्तामा बसेर हसुरेपछि बोसो जमेकाको अभिव्यक्ति हो । माओवादी आन्दोलनका यी पतितहरुसंग एकता हुदैन् । हाम्रो एकता भ्रष्टहरुसंग होइन् , माओवादी विचारसंग हुन्छ । तमाम इमानदार माओवादी नेताकार्यकर्ता , सहिद , घाइते , बेपत्ता परिवार एकता चाहान्छन तर एकता भाँड्ने केहि कुतत्व सक्रिय छन् । यस्ता कुतत्वका विरुद्ध इमानदार नेताकार्यकर्ताहरु सचेत र सजग रहनुपर्दछ ।’

यस्तै नेता सविन सीले विप्लवलाई गाली गर्ने मान्छे पतित जोकर भएको समेत बताए ।
उत्पादनसंग नजोडिको पार्टी , श्रमसंग नजोडिएको नेता , सिद्धान्तलाई व्यवहारमा प्रयोग नगर्ने नेता जो कोहि भएपनि त्यो जोकर नै हुने नेता सविनको भनाई थियो ।

माओवादीहरुको बिचको एकताको प्रसंगले बेलाबेलामा चर्चा पाउने भएपनि यसले ठोस रुप लिन भने सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार