क्रान्तिको यात्रामा चुनावलाई संघर्षको मोर्चा बनायौँ : विप्लव

डेली न्युजराप्ती       २६ फाल्गुन २०८२ १६:५८ मा प्रकाशित     55 No Comments

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचनलाई क्रान्तिको यात्रामा संघर्षको मोर्चाका रूपमा प्रयोग गरेको जनाएको छ।
पार्टीले देशभर १३० स्थानमा आफ्ना उम्मेदवार र कार्यकर्ताहरूलाई परिचालन गर्दै जनतामाझ पार्टीका विचार, नीति र उद्देश्य पुर्‍याएको बताएको छ।

पार्टीका अनुसार निर्वाचन अभियानका क्रममा उम्मेदवार तथा मोर्चामा खटिएका कमरेडहरूले अत्यन्तै जोस, उत्साह र मेहनतका साथ जनतामाझ पुगेर संगठनको धारणा राखेका थिए। सो क्रममा देशभरका मतदाताबाट सकारात्मक सद्भाव र समर्थन पाइएको पार्टीले जनाएको छ।
निर्वाचन अभियानमा खटिएका उम्मेदवार तथा सबै कार्यकर्ताहरूलाई पार्टीले हृदयदेखि धन्यवाद व्यक्त गरेको छ। पार्टीले परिणाम जे आए पनि यो सबैको साझा राजनीतिक लडाइँ भएको उल्लेख गर्दै संसदमा पुगेर मात्र होइन, जनताको बीचबाट पनि देश र जनताको हितमा संघर्ष र निर्माणको नेतृत्व गरिरहने स्पष्ट पारेको छ।
पार्टीले पुँजीवादी व्यवस्था रहिरहेसम्म समाजवादी साम्यवादी क्रान्तिको यात्रा जारी रहने धारणा समेत व्यक्त गरेको छ।

पार्टीका महासचिव विप्लव सीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार