एमसिसी विरुद्ध विप्लव,किरण लगाएतका दलहरुले पुस ६ गते देशव्यापी बिरोध सभा गर्ने

डेली न्युजराप्ती       ४ पुष २०७८ २०:०५ मा प्रकाशित     835 No Comments


हेमन्त प्रकाश वली,दाङ। एमसिसी सम्झौता कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका छन।

आज एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिस्ट पार्टी(मसाल),नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी),नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल र सिपि गजुरेल नेतृत्वको मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल र चित्रबहादुर केसि नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालले पुस ६ गते बोलाइएको संसद बैठकबाट जुनसुकै अवस्थाबाट पनि एमसिसी पारित गराइ लागु गर्ने दुस्साहसपुर्ण देउवा सरकारको हर्कतलाइ असफल पार्न पुस ६ गते देशव्यापी बिरोध प्रदर्शन र बिरोध सभा गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार